हिमालयन बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबीएल डलर प्रिपेड कार्ड’ सुविधा प्रचलनमा ल्याएकोे छ।
यस सुविधाअन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रतिवर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएका छन्।
यस कार्ड सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको इ–कमर्स साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबरसम्मको वस्तु तथा सेवा खरिद गरी अनलाइन भुक्तानी गर्न सक्नेछन्।
इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफूनजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सक्नेछन्।
हाल बैंकले ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ एटीएम र ४२ सयभन्दा बढी पीओएस टर्मिनल्समार्पmत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ।

प्रतिक्रिया