ad ad

कारोबार


स्थानीय तरकारीको आपूर्तिमा कमी हुँदा भारतीय तरकारीको मूल्य उच्च

स्थानीय तरकारीको आपूर्तिमा कमी हुँदा भारतीय तरकारीको मूल्य उच्च

नेपालखबर
चैत १६, २०७७ सोमबार १०:२०,

तरकारीको स्थानीय आपूर्तिमा कमी आउँदा भारतीय तरकारीको आयात बढेको छ। यसले बजारमा केही तरकारीको मूल्यसमेत बढेको छ।

तरकारीको स्थानीय आपूर्तिमा कमी आउँदा केही तरकारीकाे मूल्यवृद्धि भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए।

स्थानीय उत्पादनमा कमी आउनुमा मुख्य दुई कारण रहेको उनको भनाइ छ।

पहिलो, अहिले हिउँदे तरकारीको सिजन सिकन लागेको छ। यसले गर्दा यस सिजनमा उत्पादन हुने तरकारीको आपूर्ति पातलो हुदै गएको छ।

त्यस्तै, वर्षायाममा उत्पादन हुने तरकारी आउने समय भएको छैन।

बजारमा धेरै खपत हुने काउलीलगायतका तरकारीको आपूर्ति कमी हुँदै गएको श्रेष्ठले बताए।

स्थानीय उत्पादनमा कमी आउनुको अर्को कारण हो खडेरी। लामो सयमदेखि पानी परेको छैन।

‘पानी नपर्दा तरकारी उत्पादनमा प्रतिकूल असर गरेको छ,’ श्रेष्ठले भने, ‘यसले गर्दा बजारमा तरकारी कमी हुदै गएको छ।’

आन्तरिक आपूर्ति कमी हुँदै गर्दा भारतबाट तरकारी आयात बढेको छ।

स्थानीय उत्पादनमा कमी र भारतमा निर्भतार बढ्दा तरकारीको मूल्य बढन् थालेको छ।

‘भारतबाट नै केही तरकारीको मूल्य बढेर आएको छ,’ श्रेष्ठले भने, स्थानीयभन्दा भारतबाट आउने तरिकारीको मूल्य बढेको हो।’

अहिले सिमी, बोडी, बन्दा, घिरौंला लगायतका अधिकांश तरकारी आन्तरिक उत्पादन कमी हुदा भारतबाट धेरै आइरहेका छन्।

बन्दा, काउली, मूला लगायत केही तरकारी स्वदेशमै उत्पादन भइरहेका छन्। दैनिक ७ क्विन्टलको हाराहारीमा तरकारी आइरहेको छ।

घिरौंला, घिउ सिमी, काउली जस्ता केही तरकारीको मूल्य बढेको छ। गत वर्ष यही समयमा औषत ५५ रुपैयामा कारोबार भएको घिरौंला यसपाली ११० पुगेको छ। त्यस्तै घिउ सिमी गत वर्ष ३७ रुपैया भएकोमा सोमबार ५५ रुपैया पुगको छ।

आलु, प्याज, गोलभेडा लगायतका धेरै तरकारीको मूल्य भने खासै बढेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .