चालू आर्थिक वर्षको आठ महिनामा नेपालमा झन्डै २३ करोड रुपैयाको तास आयात भएको छ।
सरकारले तासलाई जुवाको रुपमा राख्दै खेल्न बन्देज लगाएको भए पनि आयात भने रोकेको छैन।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको तथ्यांकअनुसार २२ करोड ८६ लाख ४४ हजार रुपैयाको तास आयात भएको छ।
चालू आवको आठ महिनामा गत वर्षभरीको भन्दा धेरै तास आयात भएको छ। गत आर्थिक वर्षमा २३ करोड ५४ लाख ९३ हजार रुपैया बराबरको तास आयात भएको थियो।
नेपालमा १० देशबाट तास आयात भएको भए पनि अधिकांस तास चीनबाट आयात भएको छ। तथ्यांकअनुसार चीनबाट २१ करोड ७१ लाख २ हजार रुपैयाको आयात भएको छ। त्यसपछि अमेरिकाबाट ७ लाख ६७ हजारको आयात भएको छ।
नेपालमा तास आयात हुने अन्य देशहरुमा अष्ट्रिया, ब्राजिल, जर्जिया, भारत, इजरायल, मेलेसिया, सिंगापुर र बेलायत रहेका छन्।
Shares
प्रतिक्रिया