ad ad

कारोबार


एनआईसी लघुवित्त र स्वदेशी लघुवित्तले थाले एकीकृत कारोबार

एनआईसी लघुवित्त र स्वदेशी लघुवित्तले थाले एकीकृत कारोबार

नेपालखबर
चैत ८, २०७७ आइतबार ७:५५,

एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जर भएसँगै दुवैले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गत पुस १० गते मर्जर सम्झौता भएको थियो।

दुई संस्थाबीच गत साउन ३२ गते गाभ्ने÷गाभिने मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोसँगै गत कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि पुस १० गते मर्जरको अन्तिम सम्झौता भएको थियो।

अन्तिम सम्झौताअनुसार गाभ्ने÷गाभिने (मर्जर) गर्नेका लागि दुवै संस्थाको माघ ४ गते छुट्टाछुट्टै वार्षिक साधारणसभाबाट सम्पन्न गरिएको थियो। उक्त वार्षिक साधारणबाट पारित विशेष प्रस्तावबमोजिम एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) कार्य गर्न अन्तिम स्वीकृति प्राप्त भएअनुसार एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको हो।

एक समारोहबीच भएको कारोबारको एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष लालमणि जोेशीले संयुक्त रुपमा सुरु गरेका हुन्।

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कुल १५० शाखा सञ्चालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा सञ्चालनमा छन्।

मर्जरपश्चात् कुल शाखा संख्या २२३ शाखा कार्यालयबाट १ लाख ३५ हजारभन्दा बढी सदस्यहरुलाई संस्थाले उत्कृष्ट लघुवित्तीय सेवा प्रदान गर्नेछ। मर्जरपश्चात् संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुगेको छ भने संस्थाको कर्जा लगानी १५ अर्बभन्दा माथि पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .