नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘थैली’ नामक डिजिटल वालेट सर्भिस ल्याएको छ।
बैंकले ग्राहकलाई बैंक र एटीएममै पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले डिजिटल भुक्तानीलाई बढावा दिन थैली वालेट ल्याएको बताएको छ।
राष्ट्र बैंकले केही दिनअघि मात्रै डिजिटल माध्यमबाट हुने कारोबारको सीमा बढाएको थियो। सोलगत्तै बैंकले थैली सुरु गरेको हो।
थैली इन्भेष्टमेन्ट बैंकको मोबाइल मनी वालेट एप हाे। यसबाट द्रुतगतिमा पैसा पठाउन, पाउन, एकाउन्ट चेक गर्न शून्य पैसामै सकिन्छ। थैली डिजिटल वालेट दुवै मोबाइल बैंकिङ र मोबाइल वालेट एप्लिकेसन भएको बैंकले जनाएको छ।
यसमा ग्राहकले आफ्नो बैंकको एकाउन्ट जोड्नुपर्छ। यसबाट विभिन्न पी२पी फन्ड ट्रान्सफर, पैसा पठाउन र पाउन सकिने बैंकले जनाएको छ।
यसैबीच, बैंकले नयाँ कर्जा सुविधा ‘थैली ओभरड्राफ्ट’ पनि सुरु गरेको छ। यसबाट साना तथा मध्यम र किराना स्टोरहरुलाई ओभरड्राफ्ट कर्जाको सुविधा उपलब्ध हुनेछ।
Shares
प्रतिक्रिया