ad ad

कारोबार


क्लासिक टेकको १०१औँ आउटलेट नेपालगञ्जमा

क्लासिक टेकको १०१औँ आउटलेट नेपालगञ्जमा

नेपालखबर
फागुन २३, २०७७ आइतबार १२:२,

नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०१औँ आउटलेट नेपालगञ्जमा स्थापना गरेको छ। कम्पनीले सो क्षेत्रका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो।

क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा नेपालगञ्ज आउटलेट उद्घाटन गरेका थिए। आउटलेटमा बिल्लिङ, कस्टमर सपोर्ट, फैबर स्टाफ र मार्केटिङ गरेर ४५ जना स्टाफ राखिएको छ।

नेपालगञ्जको पुस्पलाल चोकबाट ३०० मिटर उत्तरमा सञ्चालनमा ल्याएको नयाँ आउटलेटबाट कम्पनीले नेपालगञ्जका हरेक साना गाउँहरुमा आफ्नो सेवा बिस्तार गर्ने योजना लिएको छ। यसअघिदेखि नै नेपालगञ्ज क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ। घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुनेछ।

कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर नेपालगञ्जको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका छन्। आउटलेट उद्घाटन गर्दै प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर बिनयकुमार अधिकारीले नयाँ शाखा सञ्चालनमा आएसँगै नेपालगञ्जका ग्राहकहरुलाई छिटो छरितो सेवा उपलब्ध गराउने बताए।

‘अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा हामी तिब्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं।’

प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर बिनय कुमार अधिकारीले भने। कम्पनीले धमाकेदार अफरअन्तरगत २० एमबीपीएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुबिधा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .