भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो।
आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधै अगाडि हुन्छ। यसै क्रममा ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भायानेटले अब ल्याएको छ भयंकर अफर!
भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र रु. ८०० मा २० एमबीपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्नेछन्। कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना मात्र रु. ८०० मा निरन्तर मनोरञ्जन पाउन सक्नेछन्।
रु. १ मा सेट-अप बक्स
यसै क्रममा भायानेटले ल्याएको छ रु. १ मा सेट-अप बक्स अफर! यो अफर अन्तर्गत ग्राहकहरुले अब भायानेटको १ वर्षको इन्टरनेट लिँदा भायाटिभीको सेटअप बक्स मात्र रु. १ मा प्राप्त गर्नेछन्।
यसै गरी १ महिनाको इन्टरनेट लिँदा भायाटिभीको सेट-अप बक्सको मूल्य रु. १ हजार पर्नेछ भने ३ महिना र ६ महिनाको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्सको मूल्य रु. ५०० पर्नेछ ।
कम्पनीका अनुसार यो अफरको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई न्यूनतम मूल्यमा भायाटिभी मार्फत् अधिकतम मनोरञ्जन प्रदान गर्नु हो।

प्रतिक्रिया