कारोबार


फागुन १३ गते डिजिटल लर्निङ डे मनाइँदै

फागुन १३ गते डिजिटल लर्निङ डे मनाइँदै

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार १६:१२,

फागुन १३ गते ‘डिजिटल शिक्षाको लागि सँगै’ नारासहित यस वर्षको डिजिटल लर्निङ डे मनाइने भएको छ।

सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ देखि फेब्रुअरी २५को दिन डिजिटल लर्निङ दिवस विश्वव्यापी रूपमा मनाउन सुरु गरिएको हो।

यो दिन शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षा कोठामा सिकाउने शुरुवातको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने दिन हो।

निमा एजुकेशन फाउन्डेशनले दुई वर्षअघि डिजिटल सिकाइ दिवस शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ शुरू गरेको हो।

शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई शेयर गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन हाम्रो यो एउटा सानो प्रयास रहेको कार्यक्रम संयोजक नेहा जोशीले बताए।

यस वर्ष पनि नयाँ कार्यक्रमको साथ मानिसहरूमा डिजिटल शिक्षाको चेतना जगाउन डिजिटल लर्निङ डे मनाइने भएको छ।

फेब्रुअरी २५को दिन मनाउन लागिएको डिजिटल लर्निङ डे कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन। जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ।

यसैगरी कार्यक्रममा भायानेट कम्युनिकेशन र पिक्सल टचको पनि सहकार्य रहेको छ। डिजिटल लर्निङ डे इन एसोसिएसन विथ जिनियस क्लाउड एकेडेमी कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा प्यानल डिस्कसन तथा अन्तक्रिया कार्यक्रमहरू आयोजना हुनेछन्।

‘रिइमाजेनिङ डिजिटल एजुकेशन पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन हुनेछ भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन हुनेछ।

कार्यक्रममा ‘कि नोट स्पिकर’को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनेछ। विभिन्न विज्ञहरूले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुनेछ।

कार्यक्रममा यस क्षेत्रमा काम गरिरहेका सरोकारवाला, विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल, शिक्षक र विज्ञहरू सहित एक सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा गरेको आयोजकले जनाएको छ।

यसैगरी डिजिटल लर्निङ डेको अवसरमा २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत आयोजना हुनेछन्।

पछिल्लो समय कोभिड–१९ को महामारी तथा लकडाउनको कारण लामो समयदेखि शैक्षिक संस्थाहरू बन्द रहेका थिए। यस अवसरमा नेपालमा डिजिटल शिक्षाका लागि पनि नयाँ आयाम थपिएको छ।

अधिकांश विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन लर्निङ तथा डिजिटल शिक्षाको अभ्यास गरेका छन्। सरकारले पनि वैकल्पिक शिक्षा सिकाइको रूपमा डिजिटल शिक्षालाई प्राथमिकतामा राखेको छ।

यसर्थ, यस वर्ष डिजिटल शिक्षालाई प्रवद्धन गर्ने ‘डिजिटल लर्निङ डे’को सान्दर्भिकता र महत्व अझ बढेर गएको निमा एकेडेमीका सिइयो निश्चलमान प्रधानले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad