आज सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुुन उक्त दरले बढेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो।
त्यस्तै तेजाबी सुन पनि १४ सय ५० रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँ मूल्यमा कारोबार भएको छ।
आज चाँदी पनि २५ रुपैयाँले महँगो भएको छ। अघिल्लो दिन १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी १३ सय ४० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन आज प्रतिऔँस ८.७९ अमेरिकी डलरले महंगो भएको छ। एजेन्सीहरुका अनुसार प्रतिऔँस १८ सय ३८ दशमलव ६९ अमेरिकी डलरमा कारोबार भएको हो।

प्रतिक्रिया