आज सेयर बजारमा साढे नौ अर्ब रुपैयाँको खरिदबिक्री भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ६.८१ अंकले घटे पनि २ करोड २० लाख ४० हजार ५ सय १६ कित्ता सेयर बिक्री भएको हो।
९१ हजार ५ सय ५९ पटकको खरिदबिक्रीमा २०२ कम्पनी सामेल भएका छन्।
नेप्से रातो भए पनि सेन्सिटिभ इन्डेक्स भने हरियो रहेको छ। कुल १२ मध्ये वाणिज्य बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचुअल फन्डको कारोबार सूचक मात्रै बढेका छन्।
बुधबारको कारोबारमा ग्लोबल आईएमई बैंकको ५६ करोडको सर्वाधिक सेयर किनबेच भएको छ।
त्यस्तै पुनर्बीमा कम्पनीको ३२ करोड, अरुण कावेली पावरको ३० करोड ४८ लाखको, नेपाल टेलिकमको ३० करोडको, नेपाल बैंक लिमिटेडको २७ करोडको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २१ करोडको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत हाराहारीमा सेयर बढेको हो।
त्यस्तै पोखरा फाइनान्सका लगानीकर्ताले भने आज सर्वाधिक ७.८८ प्रतिशत गुमाएका छन्। अन्य गुमाउने कम्पनीको ४ प्रतिशत हाराहारीमा सेयर घटेको छ।

प्रतिक्रिया