कारोबार


एप्पलले तीन महिनामा बेच्यो १ खर्ब ११ अर्ब अमेरिकी डलरको उत्पादन

एप्पलले तीन महिनामा बेच्यो १ खर्ब ११ अर्ब अमेरिकी डलरको उत्पादन

नेपालखबर
माघ १५, २०७७ बिहिबार ८:६,

चर्चित प्रविधि कम्पनी एप्पलले सन् २०२० को अन्तिम तीन महिनामा १ खर्ब ११ अर्ब अमेरिकी डलरको पछिल्ला फोनहरु, ल्यापटप र ग्याजेट बेचेको छ।

बीबीसीका अनुसार महामारीकै बीच एप्पलले उत्पादन बिक्रीपछि गरेको यो आम्दानी सन् २०१९ को सोही अवधिभन्दा २१ प्रतिशतले बढी हो।

महामारीका बेला लकडाउनलगायतका कारण धेरै क्रियाकलापहरु अनलाइनमा जाँदा नयाँ प्रविधिजन्य उपकरणको माग बढेकोले एप्पलले धेरै परिमाणको बिक्री गरेको हो।

विश्वमा एप्पलका १ अर्ब ६५ करोडभन्दा धेरै सक्रिय डिभाइसहरु रहेका छन्। तीमध्ये १ अर्ब बढी त आईफोन मात्रै छन्। एप्पलले भर्खरै आईफोन १२ विश्वबजारमा ल्याएको थियो।

एप्पलका अनुसार चीनमा कम्पनीको उत्पादन बिक्री बलियो छ। त्यस्तै फाइभजी चल्ने फोनको खोजी सुरु हुँदा एप्पलको पछिल्लो फोनको बजार माग पनि बढेको छ।

चीन, हङकङ र ताइवानमा मात्रै कम्पनीको बिक्री ५७ प्रतिशतले बढेको छ भने युरोपमा १७ प्रतिशत र अमेरिकामा ११ प्रतिशतले बिक्री बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad