कारोबार


ह्वासिन सिमेन्टबारे छलफलमा नगएकी उद्योग सचिवसँग लेखा समितिले स्पष्टीकरण लिने

ह्वासिन सिमेन्टबारे छलफलमा नगएकी उद्योग सचिवसँग लेखा समितिले स्पष्टीकरण लिने

नेपालखबर
साउन २१, २०७६ मंगलबार ८:२७,

उद्योग सचिव यामकुमारी खतिवडा अनुपस्थित भएपछि ह्वासिङ सिमेन्टबारे छलफल गर्न मंगलबार बोलाइएको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ।

चिनियाँ लगानीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न मंगलबार सिंहदरबारमा बोलाइएको बैठक उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी अनुपस्थित भएका कारण स्थगित गरिएको हो।

समितिले जानकारी समेत नदिई बैठकमा अनुपस्थित भएका उद्योग सचिव खतिवडासँग स्पष्टीकरण पनि लिने भएको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले तराईमा रहेका कारण आफू बैंठकमा आउन नसकेको जानकारी समितिलाई दिए पनि सचिव खतिवडाले नदिएकाले उनीमाथि स्पष्टीकरण सोध्ने निर्णय गरिएको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए।

चिनियाँ लगानीमा धादिङको रोराङ गाउँपालिकामा निर्माणाधिन सो कम्पनी विवादमा तानिएपछि गठित समिति अन्तरगतको उपसमितिले तयार परेको प्रतिवेदनमा उठाइएका विषयबारे सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी अधिकारीसँग विस्तृत छलफल गर्ने कार्यसूचि तय गरिएको थियो। सांसद लेखराज भट्ट नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा सो उद्योग स्थापनाका लागि ५० वर्ष जग्गा भाडामा लिने सम्झौता तत्काल रद्द गर्नुपर्ने सिफारिस गरिएको छ।

त्यस सम्बन्धमा सरोकारवाला निकायसँग विस्तृत छलफल गरेपछि सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ। सचिव पाण्डेले समितिको अर्को बैठकमा उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई पुनः बोलाएर सो सम्बन्धमा विस्तृत छलफल गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad