कारोबार


खाने तेलको मूल्यमा अस्वाभाविक वृद्धि, मूल्य बढाउने दुई उद्योगमाथि कारबाही

खाने तेलको मूल्यमा अस्वाभाविक वृद्धि, मूल्य बढाउने दुई उद्योगमाथि कारबाही

नेपालखबर
माघ ७, २०७७ बुधबार ७:२१,

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ।

केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ।

विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ।

विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढार्इंले बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको बताए।

उनका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप तीन÷तीन लाख जरिवाना गरिएको हो।

पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वाभाविक रुपमा वृद्धि भएको छ।

तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर ४०, सनफ्लावर तेल प्रतिलिटर ४० र भटमासको तेल लिटरमा २० रुपैयाँभन्दा बढीले मूल्य बढाइएको छ ।

अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खाने तेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनका पालना नगरे कानुनअनुसार थप कारबाही हुने जनाइएको छ।

मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा पछिल्लो समय खाने तेलको मूल्यमा वृद्धि भएको व्यवसायी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad