कारोबार


सात दिनभित्र उखु किसानलाई भुक्तानी दिलाइदिन सरकारलाई उद्योग समितिको निर्देशन

सात दिनभित्र उखु किसानलाई भुक्तानी दिलाइदिन सरकारलाई उद्योग समितिको निर्देशन

नेपालखबर
पुस २, २०७७ बिहिबार ९:३७,

संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिनभित्र उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिन भित्र भुक्तानी गराउने काम सम्पन्न गरी सोको विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिए।

उनले भने, ‘उखु कृषकहरुको भुक्तानी ७ दिन भित्र उद्योग मन्त्रालयले उखु कृषकहरुलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरण सहित अर्को हप्ता समितिलाई जानकारी गराउने ।’

यस्तै समितिको बैठकले देशभरका श्रमिकहरुले पारिश्रमिक पाए नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिन भित्रमा समितिमा प्रतिवेदन पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

सभापति श्रीवास्तवले भने, ‘मन्त्रालयले श्रमिकहरुका विषयमा स्थलगत अध्ययन गरी श्रमिकहरुले पाउनुपर्ने सुविधाहरु, तलब, पारिश्रमिक के कति पाए, के कति पाएनन सोको आवश्यक छानविन गरी आवश्यक कारबाही समेत गरी १५ दिनभित्र यो समितिमा प्रतिवेदन पेश गर्ने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad