ad ad

कारोबार


लाभग्राहीहरूले मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्नुपर्ने

लाभग्राहीहरूले मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्नुपर्ने

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ११:२२,

भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माण गर्ने लाभग्राहीहरूले मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्नुपर्ने भएको छ।

वि.सं. २०७२ सालमा गएको महाभूकम्पपछि पुनर्निर्माण र सबलीकरणमा रहेका निजी आवासहरुलाई लक्षित गर्दै प्राधिकरणले नयाँ समयसीमा तोकेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सूचना जारी गर्दै अनुदान मंसिर मसान्त र पहिलो किस्ता पुस १५ गतेसम्म लिनुपर्ने बताएको छ।

प्राधिकरणले पहिलो किस्ता लिएका सेवाग्राहीलाई दोस्रो किस्ता माघसम्म लिनुपर्ने समयसीमा तोकेको छ।

तेस्रो अथवा अन्तिम किस्ता लिन २०७७ वैशाखसम्म निवेदन दिनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .