कारोबार


सेयर बजारमा उच्च गिरावट

सेयर बजारमा उच्च गिरावट

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ९:३६,

सेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत सेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ। यस्तै एक महिनामा ४ सय अंक बढीले बढेको बजारमा अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्न विक्रीचाप बढाएकाले पनि बजार ओरालो लागेको हो। आइतबार मात्रै नेप्से परिसूचक ६ प्रतिशत अर्थात १ सय २३ दशमलव ३४ अंकले घटेर १ हजार ९ सय ३२ दशमलव ११ अंकमा बन्द भएको छ।

नेप्सेमा आज भएको गिरावट अहिले सम्मकै उच्च हो। यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ५१ प्रतिशत अर्थात २१ दशमलव ६२ अंकले घटेर ३ सय ७० दशमलव ६७ अंकमा बन्द भएको छ। आज नेप्सेमा ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दा २ बजेर १४ मिनेटमा नै कारोबार बन्द हुन पुग्यो।

दिनभर १ सय ९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लख ८० हजार २ सय १३ रुपैयाँको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता शेयर खरिद विक्री भएको छ। कारोबार संख्या ६१ हजार ८ सय ५८ रहेको छ।

कारोबारमा आएका सबै समूह घटेका छन्। सबैभन्दा धेरै अन्य समूह ९ दशमलव १३ प्रतिशतले घटेको छ। त्यपछि जीवन बीमा समूह ८ दशमलव २६ प्रतिशत, उत्पादन तथा प्रशोधन ७ दशमलव ५९ प्रतिशत, व्यापार समूह ७ दशमलव ४२ प्रतिशत, लघुवित्त ७ दशमलव ०३ प्रतिशत, निर्जीवन बीमा ५ दशमलव ७४ प्रतिशत, जलविद्युत ५ प्रतिशत, बैंकिङ ४ दशमलव ३३ प्रतिशत, होटल ४ प्रतिशत, विकास बैंक ३ दशमलव ४४ प्रतिशतले घटेका छन्।

बजारमा सबैभन्दा धेरै कारोबार पुनर्बीमा कम्पनीको १ अर्ब १६ करोड रुपैयाँ बढीको भएको छ। बजारमा उच्च गिरावट आएपनि नौवटा कम्पनीका सेयरधनीले कमाएका छन्। रिलायन्स फाइनान्सका सेयरधनीले २ दशमलव २९ प्रतिशतले कमाएका छन्। यस्तै हिमालयन बैंकको डिबेन्चर, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, मन्जुश्री फाइनान्स लगायतका कम्पनीका सेयरधनीहरुले कमाएका छन्। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाएका छन्।

यस्तै पुनर्बीमा कम्पनी, सान्जेन जलविद्युत कम्पनी, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन डिस्टिलरी, शिवम सिमेन्ट, हिमालयन जेनरल इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीका सेयरधनीले पनि झण्डै १० प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad