कारोबार


एडीबीको ट्रेड फाइनान्स प्रोग्राम र लक्ष्मी बैंकबीच सम्झौता

एडीबीको ट्रेड फाइनान्स प्रोग्राम र लक्ष्मी बैंकबीच सम्झौता

नेपालखबर
साउन १४, २०७६ मंगलबार १३:७,

एशियन डेभलपमेन्ट बैंक (एडीबी) को ट्रेड फाइनान्स प्रोग्राम (टीएफपी) तथा नेपालको अग्रणी बैंक लक्ष्मी बैंक लिमिटेड बीच कर्जा तथा ट्रेड सहयोगको लागि एक सम्झौतामा हस्ताक्षर भएको छ।

डीबीको ट्रेड फाइनान्स प्रोग्राम नेपालमा सन् २००९ देखि सञ्चालित रहँदै आएको छ भने यसले नेपालका दुई स्थानीय बैंकहरुसँग सहकार्य समेत गर्दै आएको छ। आजसम्म यस कार्यक्रमले २०० भन्दा बढी वित्तीय कारोबार गरिसकेको छ। यसबाट ८२ मिलियन अमेरिकी डलरको सहयोग प्राप्त भएको छ। यसबाट कृषि कमोडिटी, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न ८० क्षेत्रका साना तथा माझौला व्यवसायहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।

सम्झौता हस्ताक्षर पछि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले भने, ‘एडिबिको ट्रेड मेम्बर बैंकका रुपमा सहभागी भई अन साइट तथा अफ साइट कार्यहरु प्रति लगनशील रहेका कारणले हामी यस परियोजनामा सहभागी भएका हौँ। लक्ष्मी बैंक नेपाली साना तथा मझौला व्यवसाय, कर्पोरेट, इन्स्टिच्युसनल तथा इन्फ्रास्टक्चर प्रोजक्टहरुमा ट्रेड फाइनान्स सेवा प्रदान गर्दै आइरहेको र यसबाट अन्तर्राष्ट्रिय बजारमा हाम्रा ग्राहकहरुले फाइदा लिन सक्नुहुनेटछ। वर्तमान अवस्थमा निजी क्षेत्रबाट गरिएको यस प्रकारको लगानीले आर्थिक वृद्धिमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।’

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकका ४८ जिल्लामा ११० शाखाहरु, ३ हस्पितल काउन्टर, १३१ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ५८ शाखा सहित बैैैंकिङ्ग, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन्।
लक्ष्मी बैंकको वार्षिक प्रतिवेदनमा भएका विशेषता एवं प्रतिवेदनमा हुनुपर्ने गुणहरुको सम्मान स्वरुप अवार्ड समेत प्राप्त गरेको छ। सन् २००५ देखि लक्ष्मी बैंकले छुट्टै बीमा कम्पनी, प्राइम लाइफ इन्स्युरेन्स लिमिटेड सञ्चालित हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .