ad ad

कारोबार


बिर्तामोडको परोपकार केन्द्रलाई एसबीआई बैंकले दियो विद्युतीय उपकरण

बिर्तामोडको परोपकार केन्द्रलाई एसबीआई बैंकले दियो विद्युतीय उपकरण

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ११:१,

नेपाल एसबीआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनारमनी, बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ।

वि.सं. २०६७ सालमा सञ्चालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धवृद्धाहरुलाई आश्रय दिएको छ। उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा बैंकका प्रबन्धनिर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले सो संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ) लाई उक्त सामानहरु हस्तान्तरण गरेका हुन्।

उक्त समारोहमा नेपाल एसबीआई बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत श्री छविराज पन्त, बिर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .