राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको निर्माण कार्यको लागि आयोजना तथा चाइनिज कम्पनी समेतको गुवाङडुवाङ्ग युएनटिएन इन्जिनियरि कम्पनी– रमण जेभीबीच सम्झौता भएको छ।
प्राविधिक परीक्षणमा पाँचवटा निर्माण कम्पनी छनौटमा परेपछि खोलिएको आर्थिक प्रस्तावनामा समेत पाँचवटा निर्माण कम्पनी टेन्डर (बोलपत्र प्रक्रिया)मा छनाेट भएका थिए। यसमा ग्वाङ्डङ युएनटिएन इन्जिनियरि कंपनी–रमण जेभीले सबैभन्दा कम ६ अर्ब १६ करोडमा बनाउने प्रस्ताव गरेको थियो।
आयोजनाको दोस्रो चरणअन्तर्गत हाइड्रोपावरसँग सम्बन्धित संरचना हेडवर्क्स सर्ज साफ्ट, पेनस्टक, पावरहाउसको संरचनाहरु निर्माण हुनेछन्। नदीमा छवटा ढोकासहितको बाँध निर्माण गरिनेछ। उक्त बाँध १ सय १४ मिटर लामो र १४ मिटर अग्लो रहने छ। आयोजनाको दोस्रो चरणको निर्माण कार्य आ.व.२०७९/०८० मा निर्माण सक्ने गरी करिब नेपाली ६ अर्ब १६ करोड रुपैयाँमा सम्झौता भएको छ।
दोस्रो चरणअन्तर्गतको निर्माणकार्यको जिम्मा पाएको चिनियाँ कम्पनी गुवाङडुवाङ्ग युएनटिएन इन्जिनियरिङ्ग कम्पनीले यसअघि चीनको १९ वटा प्रान्तलगायत आठ वटाभन्दा बढी अन्य देशमा विभिन्न हाइड्रोपावर, रेल ट्रान्जिट , इलेक्ट्रिक पावरलगायतको आयोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको छ। चाइनिज कम्पनी गुवाङडुवाङ्ग युएनटीएनलेस्वदेशी कम्पनी रमण कन्स्ट्रक्सनसँग संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) गरी आयोजना निर्माण गर्न लागेको हो।
३३ अर्ब १९ करोड लागत अनुमान गरेर काम अघि बढाइएको भेरी बबईआयोजनाअन्तर्गत भेरी नदीको पानीलाई बबइ नदीमा डाइभर्सन गरी करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ गर्नुको साथै ४६ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्य लिइएको छ। यो आयोजनाबाट वार्षिक करिब चार अर्ब तीन करोडबराबरको बिजुली उत्पादन गरिनेछ।
Shares

प्रतिक्रिया