ad ad

कारोबार


महामारीमा घरबाटै काम गर्ने लहर चलेपछि मालामाल भयो यो कम्पनी

महामारीमा घरबाटै काम गर्ने लहर चलेपछि मालामाल भयो यो कम्पनी

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार १०:३४,

कोरोना महामारीका कारण संसारभर मानिसहरु घरबाट काम थालेपछि लजिटेक इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय कम्पनीले आफ्नो व्यापार निकै फस्टाएको जनाएको छ।

केही महिना यताको कमाइ हेर्दा सो कम्पनी पछिल्लो समय निकै कमाइ गर्ने युरोपका सीमित कम्पनीहरुमध्येमा परेको छ।

कोरोनाबाट सुरक्षित रहनका लागि धेरै मानिसहरुले अफिसको काम घरैबाट गर्न सुरु गरेपछि कम्प्युटरका किबोर्ड, माउस, वेवक्यामरा र हेडसेटहरु बनाउने यो कम्पनी मालामाल भएको हो।

स्विट्जरल्याण्ड र अमेरिकीहरुको संयुक्त लगानीकाे यो कम्पनीको सेयर मूल्य पनि केहि दिनदेखि बजारमा निरन्तर बढ्दै हालसम्मकै उच्च मूल्यमा पुगेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

घरबाट काम गर्दा भिडियो कल गर्ने परिपाटी निकै बढेको र अर्कोतर्फ अफिसमा काम गर्नका लागि पनि पुर्नसंरचना गर्नुपरेका कारण यसका सामानहरुको बिक्री ह्वात्तै बढेको हो।

‘नयाँ परिस्थितिअनुसार समाजमा आएको व्यापक फेरबदल र सोअनुसार व्यापार व्यवसायको कार्यशैली फेरिँदा हाम्रो व्यापारले निकै बढोत्तरी लिने देखिएको छ,’ सो कम्पनीका प्रमुख कार्यकारी ब्रयाकेन ड्यारेलले भनेका छन्, ‘मैले कुराकानी गरेका कम्पनीका मुख्य व्यक्तिहरुमध्ये धेरैले अब अफिसको काम धेरै ठाउँबाट गर्नुपर्ने र हाइब्रिड (मिश्रित) कार्यशैली विकास हुँदै जाने प्रष्टै देखिएको छ।’

सेप्टेम्बरको अन्तसम्मको तीन महिनाको व्यापारमा यो कम्पनीले ७५ प्रतिशतले बृद्धि गर्दै १.२६ अर्ब डलर बराबरको सामान बिक्रि गरेको थियो।

त्यसो गर्दा उसले यस वर्ष २६.६९ करोड डलर खुद नाफा गरेको जनाएको छ। गत वर्ष उसको नाफा ७.३ करोड डलर थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .