ad ad

कारोबार


दशैं-तिहार उपहार : एनसेलले दिँदैछ सामसङ मोबाइल, टेलिकमले रिचार्ज बोनस

दशैं-तिहार उपहार : एनसेलले दिँदैछ सामसङ मोबाइल, टेलिकमले रिचार्ज बोनस

नेपालखबर
असोज २९, २०७७ बिहिबार १०:१५,

ठूला चाडपर्व नजिकिएसँगै टेलिकम सेवा प्रदायकहरुबीच विभिन्न अफर दिन प्रतिस्पर्धा चलेको छ।

दशैँ, तिहार र छठ पर्वसम्मलाई लक्षित गर्दै तीन ठूला सेवा प्रदायकहरु नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले आफ्नो अफर घोषणा गरेका छन्।

मुलुकमा मोबाइल सेवा सञ्चालन गरेका यी तीन टेलिकम कम्पनीले विभिन्न डेटा, प्याक, रिचार्ज अफर, दैनिक तथा साप्ताहिक अफर घोषणा गरेका छन्।

नेपाल टेलिकमले रिचार्जमा बोनसलाई प्राथमिकतामा राखेको छ भने एनसेलले दैनिक बोनस र साप्ताहिक मोबाइल अफर राखेको छ। त्यस्तै, तेस्रो ठूलो टेलिकम कम्पनी स्मार्टसेलले ८ जीबी अफरसहित गिफ्ट ह्याम्पर घोषणा गरेको छ।

नेपाल टेलिकमको रिचार्ज बोनस
नेपाल टेलिकमले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र कागतिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रुपमा घोषणा गरेको छ।

फेस्टिभल अफरका रुपमा दशैँ, तिहार र छठ पर्वलाई समेत समेटी जीएसएम र सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराउने जनाएको छ। यसमा रिचार्ज कार्डबाट ५० रुपैयाँ रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ।

रिचार्ज कार्डबाट १०० वा एमपोसबाट ५१ देखि १०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ। रिचार्ज कार्डबाट २०० वा एमपोसबाट १०१ रुपैयाँदेखि २०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ।

एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिनेछ।

यसैगरी, रिचार्ज कार्डबाट ५०० सय वा एमपोसबाट ५०० देखि ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ।

साथै, रिचार्ज कार्डबाट १००० रुपैयाँ वा एमपोसबाट १००० रुपैयाँ वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुनेछ।

एनसेलको सामसङ मोबाइल
एनसेलले यसपालिको चाडपर्वलाई भने ‘कुरै कुरामा उपहार’ योजना ल्याएको छ। जसअनुसार प्रत्येक दिन ७०० जना ग्राहकलाई २०० रुपैयाँ बोनस ब्यालेन्स र साप्ताहिक रुपमा ७ जना ग्राहकलाई सामसङ ग्यालेक्सी एम१एस दिने घोषणा गरेको छ।

‘कुरै कुरामा उपहार’ योजनाअन्तर्गत एनसेलले दैनिक, साप्ताहिक र बम्पर उपहार घोषणा गरेको छ। यो योजना असोज १८ देखि आठ हप्ता अर्थात् मंसिर १३ सम्म कायम रहनेछ।

यस योजनामा सहभागी हुनेबित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन्। तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्नेबित्तिकै ग्राहकले त्यही दिनको मध्यरातसम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजनाअन्तर्गतको उपहार जित्न योग्य हुनेछन् ।

यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई रु २०० बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसङ ग्यालेक्सी नोट २० रहेको एनसेलले जनाएको छ।

यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरुमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिइनेछ। दैनिक उपहारअन्तर्गत ग्राहकले रु २०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन्।

साप्ताहिक उपहारमा साताभर धेरै कुरा गर्ने ग्राहकहरुमध्य सातै प्रदेशका १/१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिने कम्पनीले जनाएको छ। प्रत्येक भाग्यशाली ग्राहकले सामसङ ग्यालेक्सी एम०१एस ह्याण्डसेट उपहारस्वरुप प्राप्त गर्नेछन्।

त्यसैगरी यो योजना अवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन्। बम्पर उपहारमा सामसङ ग्यालेक्सी नोट २० रहेको छ। यो योजना साप्ताहिक चक्रमा सञ्चालन हुनेछ।

स्मार्ट सेलको ८ जीबी डाटा
त्यस्तै, तेस्रो ठूलो मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले पनि चाडपर्व लक्षित अफर घोषणा गरेको छ। उसले ग्राहक थप्ने योजनासहितको अफर घोषणा गरेको छ।

२१ लाख ग्राहक भएको स्मार्टसेल बजार विस्तार गर्न संघर्षरत छ। उसले आफ्नो सिम प्रयोग गर्न चाहने ग्राहकको लागि निःशुल्क सिमसहित ८ जीबी डाटा उपलब्ध गराउने घोषणा गरेको छ।

यो अफर एसईई दिएका विद्यार्थीहरुले पनि प्रयोग गर्न पाउनेछन्। कम्पनीले दुई सय, पाँच सय र एक हजार रुपैयाँ रिचार्ज गर्ने ग्राहकलाई विशेष गिफ्ट ह्याम्पर पनि पाउने जनाएको छ। यो योजना तीन महिनासम्म लागू हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .