कारोबार


फाेहाेर बधशाला, पसलमा सडेकाे मासु बिक्री

फाेहाेर बधशाला, पसलमा सडेकाे मासु बिक्री

नेपालखबर
असोज २२, २०७७ बिहिबार ९:३३,

काठमाडौंका केही पसलमा सडेगलेको मासु बिक्री गर्न राखेको पाइएको छ।

अनुगमनका क्रममा मैतिदेवीमा सञ्चालित चण्डीकालिका मासुपसलमा सडेको मासु बिक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ।

महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासुपसलमा केही मात्रामा सडेको कुखुराको मासु बिक्री गर्न राखेको पाईएको थियो। उक्त मासुलाई अनुगमनमा गएको टोलीले नष्ट पारेको हाे।

त्यस्तै मासुपसलमा म्याद गुज्रेको मसला समेत पाइएको छ। महानगरपालिकाका पशुविकास अधिकृत डम्बर बहादुर बमले मासुपसलमा अनुगमन गर्दा सडेको मासु फेला परेको बताए।

त्यस्तै पसलमा अस्तव्यस्त रुपमा मासु राखिएको, बधशाला फोहोर भएको पाइएकोले स्पष्ट जवाफ सहित महानगरमा आउन भनिएका बमले बताए।

महानगरपालिकाले मैतिदेवी क्षेत्रका अन्य खाद्य पसलहरुमा पनि अनुगमन गरेको थियो। त्यस क्रममा केही पसलहरु दर्ता नगरी सञ्चालन गरेको, ढक तराजु प्रमाणिकरण नगरी प्रयोग गरेको पाइएकोले सचेत गराइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad