कारोबार


वर्षको सबैभन्दा ठुलो अनलाइन दशैँ सेल- दराज दशैँ धमाका

वर्षको सबैभन्दा ठुलो अनलाइन दशैँ सेल- दराज दशैँ धमाका

नेपालखबर
असोज १८, २०७७ आइतबार १५:०,

नेपालको अग्रणी अनलाइन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठुलो दशैँ सेल दराज दशैँ धमाका लिएर आएको छ। यो धमाकेदार अभियान यहि असोज १९ (अक्टोबर ५) देखि सुरु हुने भएको छ। दिनहुँ कोभिडका केसहरु बढ्दै जाँदा, यस अभियान मार्फत उपभोक्ताहरुले आफ्नो घरमै सुरक्षित भई दशैँको किनमेल गर्न सक्नेछन्।

यस अभियान अन्तर्गत उपभोक्ताहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा मेगा डिल्स्, दराज मलमा पाइने ब्रान्डेड उत्पादनहरूमा भारि छूट, आकर्षक भाउचरहरु, बम्पर उपहारमा टीभीएस अपाचे आरटीआर १६० ४ भी एस डि, कार्ड प्रीपेमेन्टमा छूट, फ्ल्यास सेल्स, निशुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल गेमहरू, दराज वन रुपी गेम, वील अफ फोर्च्युन र अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन्।

यस सेल अभियानको विशेष पार्टनरहरुको रूपमा टीभीएस, र कोका कोला रहेका छन्, त्यसैले उपभोक्ताहरुले यी अग्रणी ब्रान्डका उत्पादनहरूमा आकर्षक अफरहरुको पनि लाभ उठाउन सक्दछन्।

कार्ड मार्फत भुक्तानीमा अतिरिक्त छूट
दराजले अग्रणी बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा २० प्रतिशत (अधिकतम २५ सय रुपैयाँ) सम्मको छूटको पनि व्यवस्था गरेको छ। निम्न बैंकका ग्राहकहरूले यस छुट पाउन सक्नेछन्ः नबिल बैंक, एनआईसी एशिया, स्टयान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंक। यदी उपभोक्ताहरुसँग उक्त बैंकहरुको कार्ड छ तर अनलाइन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंकसँग सम्पर्क गरी सुचारु गर्न सकिन्छ।

 अनलाइन लूडो प्रतियोगिता
उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन अनलाइन लूडो प्रतियोगिताको पनि घोषणा गरेको छ। यस प्रतियोगिता दराज एपमार्फत श्रीलंका र नेपालका प्रतिद्वन्द्वीहरुबीच हुने छ। पहिलो स्थान प्राप्त गर्ने खेलाडीले १०० अमेरिकी डलरको दराज भाउचर जित्ने छ, दोस्रो स्थानले ७५ अमेरिकी डलरको दराज भाउचर जित्ने छ, र तेस्रो देखि पन्ध्रौं स्थानमा पर्ने प्रत्येक खेलाडीहरुले अमेरिकी २५ डलर जित्नेछन्।

यसबाहेक, नेपालबाट सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीले नयाँ सोनी एक्सपेरिया एक्स ए वन डबल जित्नेछन् भने दोस्रो र तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः नयाँ टाइटन घडी र मनास्लु गिटार जित्नेछन्। प्रतियोगिता २१ देखि २२ असोज (७-८ अक्टोबर) हरेक दिन दिउँसो १ देखि साँझ ७ बजेसम्म दराज एन्ड्रोइड एपमा आयोजित हुनेछ। प्रतियोगितामा भाग लिनको लागि ५ देखि २१ असोज (१-५ अक्टोबर) भित्र दराज एप मार्फत अनिवार्य दर्ता गर्नुपर्नेछ।

दशैँ धमाका अभियानको बारेमा टिप्पणी गर्दै दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग ले भने, ‘दशैँ मनोरन्जन र किनमेलको समय हो। हरेक पसल, बजार, र अनलाइन प्लेटफर्मले दशैँको लागि भनि उत्साहजनक प्रस्तावहरु लिएर आउँछन् । तर दराजमा तपाईले केवल शपिङ मात्र गर्नुहुन्न तर रमाईलो खेलहरु, रोमान्चक क्विजहरु, र अन्य प्रतियोगिताहरुमा पनि संलग्न भई पुरष्कारहरु जित्न हुनसक्नुहुन्छ। वर्तमान स्थितिलाई ध्यान राख्दै, र दशैँको किनमेलको लागि दशैँ धमाका पक्कै पनि ग्राहकहरुको शपिङ आवश्यकताहरू पूरा गर्ने उत्तम र सुरक्षित तरिका हो।’

 पार्टनर ब्रान्डहरुमा दामी डिल्स्
अभियानका लागि पार्टनर ब्रान्डहरूमा टाइटन, आमारया, म्यकेन्रो, सामसंग, इन्फिनिक्स, रंगोली, कोलगेट, लोट्टो, अर्क, भान्स, एमआई, होम ग्लोरी, सीजी, मेडिया, एलजी, जुआस, मामाअर्थ, फ्यानटेक, वर्ल्पुल,यासुडा, पाल्सनिक, न्यू ब्यालेन्स, एक्स एज, गिटार शप, पियाजाइतालिया, कन्भर्स, र सोनी रहेका छन्। उपभोक्ताहरुले यी ब्रान्ड का खास उत्पादनहरुमा ६० प्रतिशतसम्मको छूट पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad