कारोबार


विषाक्त रसायन र न्यून गुणस्तरका स्वदेशी र विदेशी चार उद्योगका सेनिटाइजरमाथि प्रतिबन्ध

विषाक्त रसायन र न्यून गुणस्तरका स्वदेशी र विदेशी चार उद्योगका सेनिटाइजरमाथि प्रतिबन्ध

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ८:१५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप चारवटा सेनिटाइजर उत्पादन तथा बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ।

मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले एक सूचना जारी गरी गुणस्तरहीन र विषाक्त रसायन भेटिएको भन्दै चीन, भारत र नेपालका उद्योगबाट उत्पादित सेनिटाइजरमाथि प्रतिबन्ध लगाएको हो।

चीनको ग्वान्झाउस्थित ग्वान्झाउ ओबोपेकल फाइन केमिकल लिमिटेड र भारतको गुजरातस्थित आरएल कर्म इन्डिया भाल्साद तथा ललितपुरको सम्पदा हेल्थकेयर प्रालि र काठमाडौंको श्रीनाथ हर्बल एन्ड कस्मेटिक इन्डस्ट्रीले उत्पादन गरेको सेनिटाइजर उत्पादन, बिक्रीवितरण रोकेर सम्बन्धित आपूर्तिकर्ता उत्पादकलाई फिर्ता गर्न सूचनामा भनिएको छ।

विभागका अनुसार चीन र भारतका उद्योगबाट उत्पादित सेनिटाइजरमा गुणस्तर नपुगेको तथा नेपाली सेनिटाइजरमा विषाक्त रसायन भेटिएको छ। यसले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने विभागको भनाइ छ। रोकिएकामा ओपेकल नन वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १२० एमएल (चीन) तथा पानामाकेयर इन्स्ट्यान्ट हेन्ड सेनिटाइजर (भारत) तथा सासा इन्स्ट्यान्ट हेन्ड सेनिटाइजर ५० एमएल (ललितपुर) र युनिकेयर इन्स्ट्यान्ट हेन्ड सेनिटाइजर ६५ एमएल (काठमाडौं) रहेका छन्।

ती सेनिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्डसम्बन्धी स्तर २०७६ अनुसार कैफियत भेटिएको विभागको भनाइ छ। केही दिनअघि मात्र पाँचवटा उद्योगका सेनिटाइजरमा पनि कैफियत भेटिएपछि कारबाही भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .