ad ad

कारोबार


खाद्य वस्तुसँगै राखेर झिँगा साङ्ला मार्ने रसायनजन्य सामान पनि बिक्री

खाद्य वस्तुसँगै राखेर झिँगा साङ्ला मार्ने रसायनजन्य सामान पनि बिक्री

नेपालखबर
भदौ २८, २०७७ आइतबार ६:३,

काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नुपर्ने सामान पनि खाद्यवस्तुसँगै राखेर बिक्री गरेको भेटिएको छ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा यो अवस्था देखिएको हो।

दालका रुपमा प्रयोग गरिने कतिपय दाल र गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसलाको प्याकेजिङ मिति, उपभोग्य मिति समेन नुखलाई बिक्री गरिरहेको पाइएको छ। चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामग्री बोराबाट निकालेर आफैं प्याकेट बनाउने तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने जस्ता समस्या धेरै नै पाइएका छन्। यस्ता कुरामा उपभोक्ताले पनि ध्यान नदिएको महानगरको अनुगमनमा भेटिएको छ। सामान मागेपछि व्यापारीले जुन दिन्छन् त्यही लिने गरेको देखिएको हो।

chabahil pasal anugaman3

अनुगमनका क्रममा त्यसमा लेखिएको सामान्य विवरण हेरेर खरिद गर्ने गरिएको देखिएन। भदौ २७ र २८ गते चाबहिल क्षेत्रमा भएका होलसेल र खुद्रा खाद्यान्न पसलको अनुगमनमा यी कुरा देखिएको महानगरले जनाएको छ। उपभोक्ताले खरिद बिल नलिने अर्को समस्या देखिएको छ।

चाबहिल चोककै छेउमा एउटै पसलमा दुईवटा बोर्ड मजिन स्टोर र सावरिया होलसेल मार्ट लेखेको पाइएको थियो। एउटा सटरमा बाहिरबाट हेर्दा सानो किराना पसल जस्तै देखिन्छ। यसका सञ्चालकले छेवैका दुईवटा घरमा दुईवटा फ्लाट लिएर सामान भण्डारण गरेको भेटिएको अनुगमनमा फेला परेको थियो।

महानगरले भनेको छ, ‘भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान एकै ठाउँमा छन्। भण्डारण गरिएका कोठामा सूर्यको प्रकाश छिर्दैन। भित्र अँध्यारो छ। पुतली उडिरहेका छन्। ढोका खोलेर भित्र छिर्दा केही गन्हाएको महसुस हुन्छ। गोदाम प्रमाणित गरेको छैन । पसलमा मूल्य सूची छैन।’

chabahil pasal anugaman2

उक्त पसलमा खानेकुरासँगै झिँगा, मच्छड र साङ्ला मार्ने बिषादि पनि बेच्न राखिएको छ।

मित्र पार्कमा रहेको ठूलो होलसेल जय भोले ट्रेडर्समा पनि ट्याग नभएका दाल र गेडागुडीका प्याकेज थिए। भण्डारण अस्तव्यस्त थियो।
अनुगमन समितिले खरिद बिक्री बिल, दर्ता र नवीकरण प्रमाण पत्र, गोदाम प्रमाणिकरणको प्रमाण पत्र, व्यवसाय र बहाललगायत करचुक्ता प्रमाण पत्र जस्ता आवश्यक कागजातसहित ३ दिनभित्र महानगरको कृषि बिभागमा सम्पर्क राख्ने गरी निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .