कारोबार


टीसीएल ब्राण्ड विश्वको दोस्रो ठूलो ब्राण्ड घोषित

टीसीएल ब्राण्ड विश्वको दोस्रो ठूलो ब्राण्ड घोषित

नेपालखबर
भदौ २३, २०७७ मंगलबार १०:१६,

विश्व बजारमा उत्पादन र ग्राहकहरुको रोजाईमा पर्न सफल टीसीएल ब्राण्डका घरायसी सामग्रीको आधारमा यस पटक फेरि टीसीएल टि.भी. विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ। नेपालमा पनि टि.सि.एल ब्राण्डका घरायसी सामाग्रीको माग बढ्दो छ।

नेपालमा टीसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, चेष्टफ्रिजर, वाटर डिस्पेन्सर लगाएतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. मार्फत नेपाली बजारमा विक्री हुने गरेको छ।

टि.सि.एल. ब्राण्ड विश्वमा १५ वटा अवार्ड विजेता समेत भईसकेको छ। टि.सि.एल.का २३ वटा आर.एण्ड.डि सेन्टर, ७५ हजार कर्मचारी, २१ वटा मेनुफेक्चरी वेस रहेको र १६० वटा देशमा आफ्नो ब्यापर विस्तार गरिसकेको छ।

विश्वमा टीसीएल ब्राण्डको मुल्याङकन २००७ मा ४०.१३६ अर्व आर.एम.वि. रहेकोमा १० वर्षमा बढेर ८०६.५६ अर्व आर.एम.वि. पुगेको छ। टि.सि.एल. ब्राण्डको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ।

टीसीएल टि.भी. सन् १९८१ मा सुरुवात गरेको पाईन्छ। आई.एच.एस. पछिको २०१६मा नै उत्कृष्ट टप ३ स्थान ओगट्न सफल भएको टीसीएल ब्राण्डका टि.भी. २०१८ देखि २०२० सम्म उत्कृष्ट टप २ स्थानमा पर्न सफल भएको छ। क्यु २, २०२० मा मार्केट सेयर को आधारमा टीसीएल ग्लोबल टप २ टि.भी. ब्राण्ड बन्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad