कारोबार


अर्थ मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्रीसँग व्यवसायीका यस्ता अपेक्षा

अर्थ मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्रीसँग व्यवसायीका यस्ता अपेक्षा

नेपालखबर
भदौ २१, २०७७ आइतबार १६:२,

अर्थमन्त्रीको समेत जिम्मेवारी लिएपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग छलफल गरेका छन्।

निजी क्षेत्रका अगुवाहरु भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छालगायसँग उनले छलफल गरेका हुन्।

प्रधानमन्त्रीसँगको छलफलको क्रममा व्यवसयीले आ–आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए। त्यस क्रममा व्यवसायीहरुले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान पार्न र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए।

व्यवसयाीहरुले सरकारले विद्युतीय गाडीमा बढाएको कर फिर्ता गर्न आग्रह गरे। उनीहरुले सरकारका विभिन्न शीर्षकको नवीकरण शुल्क एक वर्ष मिनाह गर्नु पर्ने मागसमेत राखे।

यस्तै, पुनर्कर्जाकोषलाई ५० अर्ब रुपैयाँबाट वृद्धि गरी हाल १ खर्ब बनाइएकोमा त्यसलाई २ खर्ब बनाउनुपर्ने माग गरेका थिए। साथै बैंकको ब्याज घटाउनुपर्ने, लोनको रिस्ट्रक्चरिङ गर्नुका साथै पर्यटन क्षेत्रलाई ५ वर्षसम्म भुक्तानी गर्ने गरी रिस्ट्रक्चरिङ गर्नसमेत माग राखेका थिए।

व्यवसायीहरुले आंशिक रुपमा सञ्चालन भएका उद्योग व्यवसायले मासिक कर विवरण बुझाउने, करदाताले चौमासिक रुपमा बुझाउने करको विवरण र सो अनुरुप भुक्तानी गर्ने व्यवस्था मिलाउने र समयमा भुक्तानी नगर्दा लाग्ने जरिवाना र ब्याज मिनाह गर्नुपर्ने माग समेत राखेका थिए।

यसैगरी उद्योगीहरुलाई राहत स्वरुप विद्युत महसुलमा २० प्रतिशत छुट हुनपर्ने, परिस्थिति सामान्य नहुँदासम्म ५ सय किलोवाटभन्दा कम विद्युत खपत गर्ने उद्योगलाई आगामी दिनमा पनि डिमान्ड शूल्कमा ५० प्रतिशत छुट गर्नुपर्ने माग छलफलमा राखिएको एक व्यवसायीले जानाकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad