ad ad

कारोबार


कामना सेवा बैंक र नेपाल चार्टड एकाउन्टेन्ट संघबीच सम्झौता

कामना सेवा बैंक र नेपाल चार्टड एकाउन्टेन्ट संघबीच सम्झौता

नेपालखबर
साउन २९, २०७७ बिहिबार १२:१,

कामना सेवा विकास बैंक लि. र नेपाल चार्टड एकाउन्टेन्ट संघ. (ए क्यान) बीच ए क्यानमा आवद्ध सदस्यहहरुलाई बिना धिताे प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ।

द्विपक्षीय समझदारी पत्र अनुसार ए क्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको सबै शाखाबाट एकै दिनमा बिना धितोमा रु १५ लाख सम्मको प्रोफेश्नल कर्जा प्रदान गरिनेछ। यो सम्झौता पछि धितो नभएर आफ्ना व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बैंकिङ सुविधा (कर्जा) लिनबाट बञ्चित व्यक्तिहरुलाई कर्जा लिन सहज हुने कुरामा आफू विश्स्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए।

साथै, ए क्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए।

यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टड एकाउन्टेन्ट संघको तर्फबाट अध्यक्ष आन्नद राज शर्मा वाग्लेले कामना सेवा विकास बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए।

काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।

साथै बैंकले एबीबीएस, एसएमएएस बै्रकिंङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन एकाउन्ट ओपेनिङ, सी आश्वा लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .