कारोबार


मेटलाइफ र प्लान इन्टरनेशनलद्वारा ४० हजारलाई राहत वितरण

मेटलाइफ र प्लान इन्टरनेशनलद्वारा ४० हजारलाई राहत वितरण

नेपालखबर
साउन २५, २०७७ आइतबार ९:५६,

कोभिड १९ बाट प्रभावित समुदायमा रहेका जोखिम समुहसम्म पुग्नका लागि मेटलाइफ फाउन्डेशनले प्लान नेपालसँग काम गरिरहेको छ। प्लान नेपालले आयको स्रोत गुमाएका तथा कृषिमा निर्भर रहेका गरीब र जोखिममा रहेका परिवारलाई नगदे वाली तथा घरमा तरकारी उब्जाउनका लागि बीउ विजन तथा मलखाद लगायत परम्परागत कृषि उपकरण प्रदान गरी सहयोग पु-याउने लक्ष्य राखेको छ।

मेटलाइफका अनुसार फाउन्डेसनद्धारा ४४ हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको संयुक्त कार्यक्रमले प्लान नेपालले स्थानीय नेपाल सरकारसँग समन्वय गरी आय आर्जन नभएको र सीमित वैकल्पिक आयश्रोत भएका वा त्यस्तो वैकल्पिक आयश्रोत नै नभएका अत्यन्त जोखिममा रहेका परिवारको पहिचान गर्न मद्दत गर्दछ।

यसका अतिरिक्त प्लान नेपालले किशोरावस्थामा रहेका नारीहरूको विशेष आवश्यकता परिपुर्तिको सहयोग गर्ने र हात धुने उचित तरिका सिकाउने तथा नेपाल सरकारबाट निर्धारित समुदायको असल अभ्यासलाई मद्दत गर्ने कार्य जारी राख्ने छ।

अन्तत, स्थानीय नेपाल सरकारसंग समन्वय गरी छनौट भएका परिवार, महिला मुली रहेका परिवार र आय नभई नेपालमा फर्किएका परिवार लगायत अत्याधिक जोखिममा रहेका परिवारहरुलाई संलग्न गराई महामारीबाट सृजित जोखिमको सामना गर्न साना व्यवसायीहरुका लागि साना व्यवसाय अनुदान प्रदान गरिने मेटलाइफले जनाएको छ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ‘कोभिड १९ का कारण हुन गएको लकडाउनले धेरै आर्थिक गतिविधिहरू बन्द भएका छन्। यसबाट दैनिक ज्यालाबाट गुजारा गरिरहेका न्युन आयस्रोत भएका र अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी प्रभावित भएका छन्। हाम्रो समाजका अत्याधिक जोखिममा रहेका समुहलाई सहयोग गर्ने र यस्तो संकटको घडीमा पनि लैङ्गिक समानता बढाउने अवसरको प्रयोग गर्ने कार्यमा प्लान नेपाललाई मेटलाइफ फाउन्डेसनले सहयोग गरेको देख्न पाउँदा हामीलाई गर्व लागेको छ।’

प्लान इन्टरनेसनल नेपालका सहायक आपतकालिन प्रबन्धक, भुषण अर्याल भन्छन्,‘आयश्रोत गुमाएका, दैनिक ज्यालादारीमा काम गरि आएका, विदेशमा रोजगारी गुमाई स्वदेशमा फर्किएका र हाल जीविकाका लागि कठिन संघर्ष गरिरहेका बाँके जिल्ला, बैजनाथ गाउँपालिका स्थित कोभिड १९ को महामारीबाट गम्भीर असर परेका गरीब र जोखिमयुक्त परिवारलाई सहयोग गर्न पाउँदा प्लान इन्टरनेशनल नेपाल खुशी छ। हामी, हाम्रो साझेदार संस्था र स्थानीय सरकारसँगको नजिकको समन्वयमा निजहरुलाई कोभिड १९ को नकारात्मक प्रभावबाट बचाउन सहयोग गर्नेछौं र परियोजना क्षेत्रमा ७ हजार घरधुरीमा बस्ने ४० हजार मानिसहरू बीचमा कोभिड १९ संक्रमण रोक्नका लागि व्यापकरुपमा चेतना फैलाउन कार्य गर्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad