कारोबार


ह्वावेद्वारा एशिया प्यासिफिक क्षेत्रमा डिजिटल रुपान्तरणको सशक्तिकरण

ह्वावेद्वारा एशिया प्यासिफिक क्षेत्रमा डिजिटल रुपान्तरणको सशक्तिकरण

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १४:२६,

‘डिजिटल ट्रान्सफोर्मेसन लिडिङ्ग टु अड्याप्टिभ इन्टरप्राइजेज’ को विषयवस्तुमा ह्वावेले एपीएसी इन्टप्राइज डिजिटलाइजेसन शिखर सम्मेलन आयोजना गरेको थियो।

उद्योगका अग्रणीहरू र एशिया प्रशान्तका चिन्तन गर्ने नेतृत्व भेला भएर कसरी इनोभेटिव आईसीटी टेक्नोलोजी जस्तै ५जी, क्लाउड र एआई मार्फत उद्यमहरूले डिजिटल रूपान्तरणको गति बढाउन मद्दत गर्न सक्दछ र कोभिड–१९ पछिको विश्वमा भएका परिवर्तनहरूसँग अनुकूलन गर्न सकिन्छ भनेर छलफल गरे।

‘कोभिड–१९ महामारीका कारण औद्योगिक डिजिटलाइजेसनले द्रुत विकासको नयाँ चरणमा प्रवेश गरेको छ। यो दृढ लचिलो बजार र बृद्धिको ठूलो सम्भावना भएको संकेत हो। भविष्य उन्मुख ईलास्टिक आईसीटी आर्किटेक्चरले उद्यमहरूलाई ‘ब्ल्याक स्वान’ घटनाको प्रभावको सामना गर्न र ब्यापार मोडेलहरू परिवर्तन गर्न मद्दत गर्दछ। संस्थाहरूले उनीहरूको रिकभरी यात्रालाई तीव्र गर्दै गर्दा र अबको नयाँ जनजीवनमा प्रतिस्पर्धा गर्न आफू तयार हुँदै गर्दा महत्वपूर्ण पूर्वाधार जस्तै डिजिटलर आईटी र नेटवर्क इन्फ्रास्ट्रक्चरलाई मुख्य कार्यकारी अधिकृतको नयाँ बिजनेस एजेन्डा आइटम मध्य एकको रूपमा उजागर गरेको छ’ शिखर सम्मेलनमा ईन्टरनेशनल डाटा कोर्पोरेसन (आईडीसी) का ग्रुप उपाध्यक्ष सान्ड्रा एनजीले भने।

यस रूपान्तरणको सहज प्रगति सुनिश्चित गर्न उद्यमहरू प्राविधिक चुनौतीहरूलाई लिएर लचिलोे र अनुकूली हुनुपर्दछ, स्यान्ड्रा एनजीले टिप्पणी गरे। उनले यस क्षेत्रका कम्पनीहरूको शिर्ष ब्यबस्थापनका लागि नयाँ बिजनेस एजेन्डा पनि ल्याए्, जसमा भरपर्दो आईटी पूर्वाधार, ग्राहक अनुभवमा पुनर्मूल्यांकन र नयाँ टेक्नोलोजीहरू र इन्टेलिजेन्ससँग काम गर्ने क्षमताको निर्माण गर्न आवश्यकता पर्दछ।

‘आईडीसी वर्ल्डवाइड सेमिअन्युअल डिजिटल ट्रान्सफोर्मेसन स्पेन्डिङ गाइड’ अनुसार, २०१९ मा, एसिया प्यासिफिक क्षेत्रमा मात्रै व्यापारिक अभ्यास, उत्पादन र संगठनहरूको डिजिटल रूपान्तरण प्रवर्धन गर्ने उद्देश्यका लागि प्रविधि र सेवामा कुल ३.८ खर्ब अमेरिकी डलर खर्च भएको थियो। यो अनुमान गरिएको छ कि २०२२ सम्ममा १७.४ प्रतिशतको वार्षिक बृद्धि भई लगानी बढ्ने छ।

व्यापक इन्टेलिजेंसको लागि हरेक क्याम्पसमा डिजिटल प्रबिधी
५जी र आईओटीले तीव्र रूपमा इन्टरप्राइज आईसीटी आईसीटी पूर्वाधार परिवर्तन ल्याउँदै छ र धेरै उद्यमहरूले आफ्नो डिजिटल रुपान्तरण यात्रामा उत्तम र उपयुक्त प्रविधि र आर्किटेक्चरको अन्वेषण गरिरहेका छन्।

ह्वावेले ५जी र इन्टरप्राइज नेटवर्क मा एक विश्व अग्रणीको रूपमा र आईपी अप्टिकल र ५जी पहुँच समग्रमा कन्भर्जेन्ट क्याम्पस नेटवर्क निर्माण र उद्यम रूपान्तरण यात्रामा बिभिन्न व्यापारिक आवश्यकताहरुलाई सम्बोधन गर्ने बारे आफ्नो धारणा साझा ग-यो। ब्रान्डन वू, ह्वावे ईबीजी एशिया प्यासिफिकका सीटीओले उद्यमहरूलाई सबैभन्दा राम्रो नेटवर्क विकल्पहरू छनौट गर्न सल्लाह दिए जुन उपयोगलाई सक्षम गर्नको लागि सबै प्रकारका परिदृश्यहरूमा आवश्यक पर्दछ।

ह्वावे इन्टर्प्राइज बिजनेस ग्रुपका सीटीओ, डब्ल्यूके लेउंग विश्वास गर्नु हुन्छ कि कन्भर्जड नेटवर्क डिजिटल रूपान्तरण टेवाका लागि एक आधारभूत हो। एक सामान्य संस्थाको आईसीटीले सामान्यतया दुई प्रमुख बिल्डिङ ब्लक्स समावेश गर्दछः डाटा सेन्टर र क्याम्पस। ह्वावे इन्टेलिजेन्ट क्याम्पस रणनीतिमा, उदाहरणका लागी, प्राथमिक रूपान्तरित नेटवर्क र भर्टिकल लेयर डिकपलिङ पर्दछ। ५जी द्वारा सञ्चालित इन्टेलिजेन्ट एकीकृत नेटवर्क, बिभिन्न भर्टिकल उद्योगहरूबाट विश्वका धेरै ग्राहकहरूलाई लागू गर्न सक्दछ।

महामारीको प्रकोपले उद्यमहरूको क्लाउड रुपान्तरणलाई पनि तीव्र पारेको छ। हाइब्रिड क्लाउडले, विशेष गरी प्रक्रियालाई सुव्यवस्थित गर्न र प्रक्रियाको क्रममा चुस्त प्रतिक्रिया प्रमाणित गर्न महत्व प्राप्त गरिरहेको छ।

‘ह्वावे क्लाउडको फुल स्ट्याक एआई सोलुसनलाई प्रत्येक उद्योगमा ठूलो मात्रामा एआई कार्यान्वयनको गतिलाई मुल उत्पादन प्रणालीहरूमा लागू गरिएको छ’ ह्वावे क्लाउड र एआई बिजनेस ग्रुपका चीफ मार्केटिङ अफिसर एडवर्ड डेंगले भने। ‘सोलुसनले ठूला उद्यमहरूको क्लाउड रुपान्तरणको लागि उत्तम मार्ग प्रदान गर्दछ।’

सफल ग्राहक र साझेदार मध्य मलेशियन कोङ्लोमेरेट सनवे समूह हो। ‘क्लाउड सनवेमा हाम्रो रणनीतिको मुख्य अंश हो र हामी आशा गर्दछौं कि ह्वावेले यो रणनीतिलाई माथिल्लो तहमा पु-याउन मद्दत गर्दछ’ सनवे समूहका प्रमुख सूचना अधिकारी केविन खुले भने।

भविष्यलाई नियालेर हेर्दा डेङ्ग विश्वास गर्छन् कि डिजिटल रूपान्तरणले ५जी, क्लाउड र एआई प्रबिधिको अभिसरणलाई नेतृत्व गर्नेछ। क्लाउड, ५जी तथा अन्य द्वारा समर्थित मौलिक कनेक्टिभिटीको साथ नयाँ प्रबिधिको र एआईद्वारा सञ्चालित एप्लिकेसनहरूको विकास अन्ततः प्राविधिक प्रगतिको असाधारण क्षेत्रतर्फ लम्किने छ। ‘हाम्रा साझेदारहरूसँग मिलेर ह्वावे क्लाउड साझा सफलताको लागि एक मजबूत इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध छ,’ डेङ्ले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .