कारोबार


१३ प्रतिशत निक्षेप बढ्दा कर्जा प्रवाह १८ प्रतिशतले वृद्धि

१३ प्रतिशत निक्षेप बढ्दा कर्जा प्रवाह १८ प्रतिशतले वृद्धि

नेपालखबर
साउन ३, २०७६ शुक्रबार १०:२०,

गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.३ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.५ प्रतिशतले बढेको थियो। बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९.२ प्रतिशत, ३२.५ प्रतिशत र ४७.६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

२०७५ जेठ मसान्तमा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३४.५ प्रतिशत र ४५.७ प्रतिशत रहेको थियो। २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.२ प्रतिशत रहेको छ।

२०७५ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जानाएको छ। कर्जा प्रवाह समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा १८.२ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १९.९ प्रतिशतले बढेको थियो। निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा १६.४ प्रतिशतले, विकास बैंकहरुको ३३.४ प्रतिशतले र वित्त कम्पनीहरुको १८ प्रतिशतले बढेको छ।

२०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७५ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.४ प्रतिशत र १४.७ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २९.६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १०.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १२.२ प्रतिशतले, डिमान्ड तथा चालुपुँजी कर्जा २३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.१ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५.१ प्रतिशतले तथा हायर पर्चेज कर्जा अर्थात अटो लोन ७.४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad