उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि २.१ प्रतिशतले बढेको छ। मुद्राको मूल्य कम र त्यसको अनुपातमा वस्तुको मूल्य धेरै हुने गरी असाधारण रुपले बढी मुद्रा प्रचलनमा आउने स्थितिलाई मुद्रास्फीति भनिन्छ। वस्तुको मूल्यवृद्धि हुँदा बजारमा महंगी बढ्ने गर्छ।
शुक्रबार राष्ट्र बैंकले प्रकाशित गरेको गत आवको ११ महिनाको तथ्यांकअनुसार २०७६ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो।
खाद्य तथा पेयपदार्थमा उच्च मूल्यवृद्धि
२०७६ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ३.० प्रतिशत रहेको थियो।
गैर–खाद्य तथा सेवा पनि महंगियो
२०७६ जेठ महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ५.० प्रतिशत रहेको थियो।
स्राेत: राष्ट्र बैंक
क्षेत्रगत उपभोक्ता मुद्रास्फीति
२०७६ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.१ प्रतिशत, हिमालमा ६.५ प्रतिशत, तराईमा ५.८ प्रतिशत र पहाडमा ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.१ प्रतिशत, ६.४ प्रतिशत, ४.२ प्रतिशत र ४.९ प्रतिशत रहेको थियो ।
भारतमा भन्दा नेपालमा महंगी आधा बढी
२०७६ जेठ महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२० प्रतिशत र भारतको ३.१८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ प्रतिशत र भारतको ५.० प्रतिशत रहेको थियो।
थोक मुद्रास्फीति
२०७६ जेठ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति १.२ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया