एभरेष्ट बैंक लिमिटेडले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानको श्री रण अम्बिका शाह आँखा अस्पताल तथा रिसर्च सेन्टरलाई अटोरेफ्रेक्तोर मिटर र केरातोमिटर नामक उपकरण हस्तान्तरण गरेको छ।
दृष्टिदोष पत्ता लगाइसकेपछि प्रयोग हुने चस्माको पावर जाँचका लागि उक्त मेसिन प्रयोग गरिने अस्पतालले जनाएको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले अस्पताललाई सो सहयोग गरेको हो। १० लाख १५ हजार मूल्य बरावरको सो उपकरण अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई बैंकका प्रदेश नं ५ प्रमुख बिष्णु प्रसाद ज्ञवालीले हस्तान्तरण गरे।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको सो बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९५ शाखा संजाल, प्रादेशिक कार्यालय , १२४ एटीएम बुथ सहित अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुबिधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

प्रतिक्रिया