सरकारले बाढी, पहिरो नियन्त्रणको लागि एसियाली विकास बैंकसँग ६ अर्ब रुपैयाँ अर्थात् ५० मिलियन डलर सहयोग माग्ने भएको छ। त्यसका लागि मन्त्रिपरिषद्को बैठकले एक कार्यदल नै गठन गरेको हो।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उक्त सहयोगको कार्ययोजना तयार गर्न समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन्।
उक्त सहयोग ऋण र अनुदान दुवै किसिमको हुने भएको छ।
प्रतिक्रिया