कारोबार


साताको अन्तिम कारोबार दिन घट्यो सेयरबजार

साताको अन्तिम कारोबार दिन घट्यो सेयरबजार

नेपालखबर
साउन २, २०७६ बिहिबार ९:४३,

साताको अन्तिम कारोबार दिन आज सेयरबजारमा गिरावट आएको छ। बजार कारोबार मापन गर्ने नेप्से सूचक २.३७ अंकले ओरालो लागेको हो।

आज बजार परिसूचक १२७२.४९ अंकमा कायम भएको छ। ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज शून्य दशमलव २७ अंकले ओरालो लागेको छ। आज सेयरबजारमा कारोबार गर्ने कम्पनीको संख्या पनि १ सय ५८ मा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज ४१ करोडको कारोबार भएको छ। १२ लाख ५० हजार कित्ता सेयर बिक्री भएका छन्।

११ समूहको कारोबार भएको दिन आज उत्पादन, फाइनान्स र माइक्रोफाइनान्सको बाहेकका समूहको सूचक रातो भएका छन्। आज धेरै कारोबार हुनेमा भने छिमेक लघुवित्त विकास बैंक लिमिटेडको ५ करोड १७ लाखको सेयर प्रतिकित्ता ४ सय ९० रुपैयाँको दरले कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्टको २ करोड ६१ लाखको सेयर प्रतिकित्ता ६ सय ३० रुपैयाँमा कारोबार भएको छ। नेपाल लाइफा इन्स्योरेन्सको २ करोड ४५ लाखको सेयर प्रतिकित्ता ८ सय ९५ रुपैयाँमा कारोबार हुँदा नेपाल बैंकको २ करोड २८ लाखको सेयर प्रतिकित्ता ३ सय ४२ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।

कमाउने कम्पनीहरुमा भने आज नेपाल हाइड्रो डेभलपर्स अगाडि छ। कम्पनीका लगानीकर्ताले ११ रुपैयाँ कमाएका छन्। त्यस्तै, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४७ रुपैयाँ, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३४ रुपैयाँ, दिव्येश्वरी हाइड्रोपावर लिमिटेडका सेयरधनीले ३ रुपैयाँ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १४ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।

त्यस्तै गुमाउने कम्पनीमा भने आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्था अगाडि छ। कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ३८ रुपैयाँ गुमाउँदा नबिल इक्विटी फन्डका सेयरधनीले ५.५७ प्रतिशत गुमाएका छन्। त्यस्तै एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीको १३ रुपैयाँ गुम्दा ज्योति विकास बैंका लगानीकर्ताले ५ रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad