कारोबार


ज्योति विकास बैंकद्वारा १२ औँ वार्षिकोत्सवमा चार नयाँ शाखा उद्घाटन

ज्योति विकास बैंकद्वारा १२ औँ वार्षिकोत्सवमा चार नयाँ शाखा उद्घाटन

नेपालखबर
साउन ९, २०७७ शुक्रबार १३:१३,

ज्योति विकास बैंकले आफ्नो स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ। हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्रांगणमा वार्षिकोत्सव मनाएको हो।

बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, विशिष्ट अतिथि थिए। यस्तै, बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव उप्रेती, संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुव कुमार भट्टराई र संस्थापक शेयरधनी हरि प्रसादको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका छन्।

समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको ‘न्यानो नानी’ परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको छ। नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो। बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानो नानी’ परियोजनाको लागि रु ८ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

अध्यक्ष खड्काले ज्योति विकास बैंकले राष्ट्र बैंकले हालको कोभिड महामारीलाई मध्यनजर गरी ल्याएको कर्जाको व्याजमा २ प्रतिशत छुटको व्यवस्थालाई बिना कुनै शर्त सम्पूर्ण कर्जाग्राही ग्राहकहरुलाई दिईसकेको जानकारी पनि गराए।

१२ औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेको छ। बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङ शाखा र घोराही शाखास्थित बैंकको ६१औं एटीएमको पनि डिजिटल उद्घाटन गरिएको छ।

वार्षिकोत्सवकै अवसरमा ग्राहकवर्गहरुलाई शेयर कारोबारको लागि थप सुविधा प्रदान गर्न बैंकले ‘डीपी सेवा’ सुचारु गरेको छ। सो सेवा ज्योति विकास बैंकको देशभरिको १०५ वटै शाखाबाट उपलब्ध हुने छ।

सो अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब रु. ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढिी ऋणीलाई करिब रु. ३१ अर्ब लगानी गर्न सफल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad