बाल्ट्राले अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ।
नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको यस ह्याण्ड स्यानिटाइज डिस्पेन्सरको माध्यमबाट नछोइकन आफ्नो हात सुरक्षित तरिकाले स्यानिटाइज गर्न सकिनेछ। नौ लिटर स्टोरेज क्षमता भएको यस ह्याण्ड स्यानिटाइज डिस्पेन्सरमा तुरुन्त स्यानिटाइज गर्न सकिने, छुन नपर्ने, शक्तिसाली स्पेयर जस्ता विशेषताहरु रहेको बाल्ट्राले जनाएको छ।
यस अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सरलाई भित्तामा समेत जडान गर्न सकिनेछ।
बाल्ट्राको ह्याण्ड स्यानिटाइज डिस्पेन्सरमा १ वर्षको वारेन्टी रहेको छ भने बैंक, स्कूल, कलेज, अफिस, हस्पिटल, होटल, रेस्टुरेन्टहरुको लागि उपयुक्त रहेको ।

प्रतिक्रिया