ad ad

कारोबार


चीनका लागि नेपालका राजदूत पाण्डेले व्यवसायीलाई भने- व्यापारमा सहजीकरण गर्छु

चीनका लागि नेपालका राजदूत पाण्डेले व्यवसायीलाई भने- व्यापारमा सहजीकरण गर्छु

नेपालखबर
असार २४, २०७७ बुधबार ६:४३,

चीनका लागि नेपालका नवनियुक्त राजदूत महेन्द्र बहादुर पाण्डेसँग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीले भेटवार्ता गरेका छन्।

उक्त अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले तातोपानी र रसुवागढी नाकाका प्रक्रियात्मक जटिलता सरलीकरण तथा सहजीकरण गर्ने, आयात तथा निर्यातका लागि निर्बाध रुपले दुवै नाका सञ्चालन गरिनुपर्नेबारे राजदूत पाण्डेलाई जानकारी गराएको बताए।

चीनले ८ हजारभन्दा बढी नेपाली उत्पादनहरुका मालवस्तुको आयातमा शून्य भन्सार महशुल दरमा प्रवेश सुविधा प्रदान गरेको र यस सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ। सो प्रावधान पूरा गर्न कतिपय मालवस्तुहरुमा कठिन भएकोले सो घटाउन पनि पहल गरिनुपर्ने बताए।

उक्त अवसरमा अध्यक्ष श्रेष्ठले चीनको बजारमा कृषि तथा लाइभस्टकका वस्तुहरु निर्यातको प्रचुर सम्भावना भएकोले ती वस्तुहरु चिनियाँ बजारमा सहज तथा सरल तवरले प्रवेशको लागि पहल गरिदिन अनुरोध गरे। यसका लागि क्वारेन्टाइनको प्रक्रियालाई सहजीकरण गर्न प्रयास गरिनुपर्ने बताए।

नेपालको पर्यटन विस्तारमा चिनियाँ पर्यटकको ठूलो योगदान रहेको हुँदा कोभिडपश्चात् चीनका पर्यटकहरुलाई नेपाल आगमनको लागि प्रवद्र्धन गरिनुपर्ने तथा हवाइ भाडा प्रतिस्पर्धी बनाउनुपर्ने बताए। सो अवसरमा नेपाल चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनबाट धार्मिक तथा संस्कृतिक पर्यटक प्रवर्द्धन गर्न आग्रह गरे।

सो अवसरमा नवनियुक्त राजदूत महेन्द्र बहादुर पाण्डेले चेम्बरबाट प्राप्त सुझावहरु गम्भीरतापूर्वक मनन गरी आप्mनो तर्फबाट सहजीकरण गर्न सक्दो प्रयास गर्ने बताए।

सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष, राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल तथा नेपाल–चीन चेम्बर अफ कमर्सका अध्यक्ष तुलाधरलगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .