कारोबार


एनआईसी एसियाबाट कर्जा लिएका ग्राहकलाई ९.९९ प्रतिशत ब्याजदर कायम गर्ने अवसर

एनआईसी एसियाबाट कर्जा लिएका ग्राहकलाई ९.९९ प्रतिशत ब्याजदर कायम गर्ने अवसर

नेपालखबर
असार २३, २०७७ मंगलबार १२:३२,

एनआईसी एसिया बैंकले कोरोना संकटकालमा गरिएको लकडाउनले ऋणीमा परेको असर न्यूनीकरण गर्न असार मसान्तसम्मको सबै साँवा र ब्याजको बक्यौता रकम असार मसान्तसम्म चुक्ता भुक्तान गरे साउन १ गतेदेखि लागू हुने गरी उक्त कर्जाको ब्याजदर ९.९९ प्रतिशत मात्रै कायम गर्ने भएको छ।

एनआईसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले मंगलबार जारी गरेको विज्ञप्तीमा अब ८ दिनमात्र बाँकी रहेको योजनाको फाइदा उठाउन ऋणीहरुलाई आग्रह गरिएको छ।

‘नेपाल राष्ट्र बैंकले गत वैशाख १६ मा चैत मसान्तसम्म ऋणीलाई ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएकोमा एनआईसी बैंकले त्यसलाई कार्यान्वयन गर्दै नयाँ योजना ल्याएको हो’, पाण्डेले भनेका छन्, ‘उक्त योजनामा अत्यधिक उत्साहजनक सहभागिता रहेको छ। कोही पनि नछुटोस् भन्ने हेतुले यो योजना सकिन मात्र ८ दिन बाँकी रहेको अवस्थामा फाइदा उठाउन बैंकले आफ्ना सम्पूर्ण ऋणीहरूलाई आग्रह गरेको हो।’

बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सबै ग्राहकले यो मसान्तसम्म चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम निर्धारित अवधिमै भुक्तानी गरे साउन १ गतेपछि उनीहरुको ब्याजदर ९.९९ प्रतिशत कायम गर्ने बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकद्वारा २०७६ चैत १६ गते निर्दिष्ट गरिएअनुसार २०७६ चैत मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको बक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहक महानुभावहरूको बैंक खातामा जम्मा समेत गरिएको बैंकको भनाइ छ।

साथै नेपाल राष्ट्र बैंकबाट २०७७ वैशाख १६ गते २०७६ चैत मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा कोरोना भाइरसको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हितरक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पुर्याउनु पर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो। जसमा ग्राहकको उत्साहपूर्ण सहभागिता भएपछि उक्त योजनाअनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहकको खातामा जम्मा समेत गरिएको बैंकले जनाएको छ।

सहज तथा सबल बैंकिङको मूल सिद्घान्त अनुरुप यस बैंकबाट कर्जा उपभोग गरिहेका तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहकहरूको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप यस बैंकले ‘कर्जा सहायता केन्द्रको स्थापना गरेको छ।

यस कर्जा सहायता केन्द्रको स्थापना पश्चात् बैंकका ग्राहकहरूले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाईदा लिन सक्नेछन्। ग्राहकहरूले कर्जा सहायता केन्द्रको मिस्ड कल बैंकिङ नम्बर ९८०१२२७७५५ मा मिस्ड कल गरी वा ‘हेल्प’ टाइप गरी ३४४८८ मा एसएमएसमार्फत वा बैंकको वेबसाइट (एनआईसीएसियाबैंक डटकम) मा राखिएको फिडब्याक फर्ममा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था गरेको छ। यस कर्जा सहायता केन्द्रमा ग्राहकले पहिलो सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको छ।

कोरोना महामारीको विषम परिस्थितिमा देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान र सबलीकरणमा टेवा पुर्याउने मनशायले बैंकले सहुलियत ब्याजदर तथा सर्वाधिक न्यून ब्याजदरमा आम ग्राहक महानुभावहरूको आवश्यकतालाई पहिचान गरी नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक आकर्षक योजनाहरू ल्याईरहेको अवस्थामा कर्जा सहायता केन्द्रले ग्राहकहरूलाई अझ सहज तथा सुविधा पुग्ने विश्वास लिएको छ। यस उद्देश्यअनुरुप ग्राहकहरूले जुनसुकै स्थान र माध्यमबाट जुनसुकै समयमा पनि आफ्नो कुरा राख्न सक्ने व्यवस्थालाई प्रभावकारी तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको सोच रहेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाताले ग्राहकहरूसँग न्यानो तथा आत्मीय सम्बन्ध बनाइराख्न यस कर्जा सहायता केन्द्रले ग्राहकहरूबाट प्राप्त कर्जासम्बन्धी सम्पूर्ण गुनासोहरूलाई सुन्ने तथा तत्काल समाधान गर्ने बैंकले अठोट लिएको छ।

अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण नयाँ योजनाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकमाझ नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर ८.२५ प्रतिशत तथा प्रशासनिक शुल्क ०.२५ प्रतिशतमा सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजनाहरू ल्याएर गतिशिल बैंकिङ्गको उदाहरण प्रस्तुत गरेको छ। साथै, कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने, ४८ घण्टाभित्रै कर्जाको निर्णय दिने, कर्जाको पूर्वस्वीकृतिको सुविधा, वार्षिक रुपमा आफ्नो किस्ता आफै निर्धारण गर्न सकिने लगायत नविनतम सुविधासहित बैंकले ग्राहकवर्गलाई अझ परिष्कृत सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .