कारोबार


टान र माछापुच्छ्रे बैंकबीच गाइडहरुलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउन ११ बुँदे सम्झौता

टान र माछापुच्छ्रे बैंकबीच गाइडहरुलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउन ११ बुँदे सम्झौता

नेपालखबर
असार ८, २०७७ सोमबार ८:२६,

ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र माछापुच्छ्रे बैंकबीच ट्रेकिंग गाइडहरुलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने सम्बन्धमा सोमबार दुईपक्षीय समझदारी भएको छ ।

उक्त समझदारीपत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेका छन्।

विश्वयापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारण पर्यटन क्षेत्र र मजदुरहरुमा पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर राख्दै टानको पहलमा आफ्ना सदस्य कम्पनीहरुमा कार्यरत ट्रेकिंग गाईडहरुलाई सहजिकरण गर्न माछापुच्छ्रे बैंकसँग समझदारी गरेको छ ।

बैंक र टानबीच टानका सदस्य कम्पनीमा कार्यरत ट्रेकिंग गाईडहरुलाई मासिक १५ हजार रुपैयाँ गरी अधिकतम १ लाख ८० हजारसम्मको सीमासहितको क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौता भएको हो।

उक्त सीमा आंशिकरुपमा ९० हजार गरी दुईवटा चरणमा प्रत्यक अर्धवार्षिक समयावधिमा प्रदान गरिनेछ। ट्रेकिंग गाइडहरुले बाँकी रकम थोरैमा मासिक ५ प्रतिशतको दरले एक वर्षसम्म भुक्तानी गर्नुपर्नेछ।

क्रेडिट कार्ड सुविधा उपभोग गर्नका लागि आवेदकको उमेर न्यूनतम २१ वर्ष र अधिकतम ६५ वर्ष हुनुपर्ने र ट्रेकिङ गाइडहरुले माछापुच्छ्रे बैंकमा खाता खोली छुट्टै डेबिट अथोरिटी दिनुपर्ने बताइएको छ।

सो सुविधा प्रयोग गर्न ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग कम्पनीले जमानत अनिवार्य बस्नुपर्नेछ र यदि ट्रेकिंग गाइडले शर्तबमोजिम रकम भुक्तान गर्न नसकेको अवस्थामा बाँकी रहेको बक्यौता तिर्ने दायत्व ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग एजेन्सीको हुनेछ।

उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा टानका महासचिव सरिता लामा, वरिष्ठ उपाध्यक्ष नविन त्रिताल, कोषाध्यक्ष ऋतु ग्याम्दान, सदस्य कान्छा शेर्पा, माछापुच्छ्रे बैंकका प्रबन्धक सुनिल खतिवडा, उपप्रमुख ९डिजिटल बैंकिंग० विनय रेग्मी र शाखा प्रबन्धक समिर रैनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad