ad ad

कारोबार


कोरोना सिर्जित संकट पार लगाउन राष्ट्र बैंकले लिँदैछ यस्तो नीति

कोरोना सिर्जित संकट पार लगाउन राष्ट्र बैंकले लिँदैछ यस्तो नीति

नेपालखबर
जेठ १३, २०७७ मंगलबार १३:०,

कोरोना भाइरस (कोभिड—१९) महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन गर्दै ब्याजदरलाई उपयुक्त स्तरमा राख्ने र प्राथमिकता प्राप्त क्षेत्रतर्फ कर्जा प्रवाह प्रोत्साहित गर्नेतर्फ मौद्रिक नीति केन्द्रित रहने नेपाल राष्ट्र बैंकले बताएको छ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको नौ महिनाको समीक्षा गर्दै राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्न प्राथमिकता प्राप्त क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, रोजगारी सिर्जना एवम् उद्यमशीलता विकासतर्फ वित्तीय साधन प्रोत्साहित गरी आन्तरिक उत्पादन प्रवद्र्धनमा जोड दिइने बताएको हो।

भुक्तानी प्रणालीको विकासमार्फत वित्तीय मध्यस्थताको समय तथा लागत कटौती गर्ने, सर्वसाधारणको वित्तीय पहुँच अभिवृद्धि गर्ने र वित्तीय क्षेत्रको सवलीकरण गर्ने कार्यलाई जारी राख्ने राष्ट्र बैंकले जनाएको छ।

कोरोनाको महामारीले पार्न सक्ने थप प्रभावलाई समेत ध्यानमा राखी अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल सरकारको नीति तथा कार्यक्रमम र बजेटसँग सामनजस्याता कायम हुने गरी वर्षिक नीति तर्जुमा गरिने र यसका लागि अहिले मौद्रिक तथा वित्तीय उपायहरु अपनाउने बैंकले बताएको हो।

त्यसको लागि २०७७ असार मसान्तसम्म निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर अन्तर ४.४ प्रतिशतभित्र ल्याईसक्नु पर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइने भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत निक्षेपकर्ताका लागि तोक्ने ब्याजदरलाई थप व्यवस्थित बनाइने बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात, बैंकदर र वैधानिक तरलता अनुपातलाई यथावत कायम गरिएको राष्ट्र बैंकले बताएको हो।

कृषि व्यवसाय, लघु, साना तथा मझौला उद्योग लगायतका क्षेत्रमा प्रादेशिक सन्तुलन समेत कायम हुनेगरी सहज रुपमा पुनरकर्जा सुविधा उपलव्ध हुने व्यवस्था मिलाइने समेत बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .