कारोबार


‘भ्याट बिल लट्री कार्यक्रमबाट नागरिकलाई हरेक दिन लखपति बनाउँछौँ’

‘भ्याट बिल लट्री कार्यक्रमबाट नागरिकलाई हरेक दिन लखपति बनाउँछौँ’

अर्थमन्त्री डा स्वर्णिम वाग्ले (रासस)


नेपालखबर
जेठ १७, २०८३ आइतबार १८:२४, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मूल्यअभिवृद्धि कर (भ्याट) बिल लिने–दिने संस्कृतिलाई प्रोत्साहन गर्न बजेटबाट चिठ्ठा (लट्री) कार्यक्रम ल्याएको बताएका छन्।

सरकारले वस्तु तथा सेवाको खरिद–बिक्रीमा बिल लिन नागरिकलाई प्रोत्साहन गर्नका लागि ‘भ्याट बिल लट्री’ कार्यक्रम ल्याएको अर्थमन्त्रीले बताए।

अब हरेक भ्याट बिल स्वतः लट्री टिकटमा रूपान्तरण हुने र त्यसका आधारमा दैनिक रूपमा सर्वसाधारणलाई नगद पुरस्कार प्रदान गरिने अर्थमन्त्री वाग्लेले बताए।

जेठ १५ मा संसदमा बजेट प्रस्तुत गरेपछि बजेटबारे प्रस्टीकरण दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले भ्याट बिल लिने दिने संस्कार अभिवृद्धि गर्न यस्तो कार्यक्रम ल्याएको बताएका हुन्।

‘भ्याट बिलको लट्रीमार्फत अब हामी हरेक दिन नागरिकलाई लखपति बनाउने छौं। यसले भ्याट बिल दिनुस् भनेर खोसाखोस हुने अवस्था बन्नेछ’, वाग्लेले भने।

यो व्यवस्थाले भ्याट बिल लिने संस्कृतिलाई बढावा दिनुका साथै कर छली नियन्त्रण र राजस्व संकलनमा सकारात्मक प्रभाव पार्ने अर्थमन्त्रीको दाबी छ।

नेपालजस्तो विकासोन्मुख मुलुकमा आयकरबाट मात्र पर्याप्त राजस्व संकलन गर्न कठिन हुने भएकाले उपभोगमा आधारित कर प्रणालीलाई प्राथमिकता दिने पक्षमा रहेको उनले बताए। 

उनले भने, ‘अहिले मध्यम वर्गले धेरै गुनासो गर्ने अवस्था छैन। आयमा लाग्ने हजारौ रुपैयाँ कर छुट दिएर शिक्षा र विद्युतमा केही रुपैयाँ कर थपिएको हो। यसमा मध्यम वर्गले गुनासो गर्नुपर्ने अवस्था नै छैन।’

अहिले आयभन्दा उपभोगमा आधारित करमा जोड दिएको र देशको आर्थिक अवस्था सुध्रिएर व्यक्तिको आयमा पनि सुधार भएपछि आयकरमै ध्यान केन्द्रित गर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad