ad ad

कारोबार


नेपाल बैंकले घटायो ब्याजदर

नेपाल बैंकले घटायो ब्याजदर

नेपालखबर
जेठ ७, २०७७ बुधबार ९:२८,

नेपाल बैंक लिमिटेडले २०७६ चैत मसान्तसम्म लगानी भएका कर्जाहरुको प्रिमियममा २ प्रतिशत छुट दिने भएको छ।

वैशाख १ गतेदेखि लागू हुने गरी हाइपोथिकेशन, अधिविकर्ष, चालू पुँजी, मार्जिन, डिमाण्ड, सुनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदिको हकमा चैत मसान्तको आधारदर ७ दशमलव ८२ मा लगाइएको प्रिमियममा २ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाइएको बैंकले जानकारी गराएको हो।

यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा २०७६ पौष मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकहरुले चौथो त्रैमासिकभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २ प्रतिशत विन्दुले छुट पाउनेछन्।

२०७७ वैशाखमा किस्ता तिरिसकेका ग्राहकहरुले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाबमिलान बैंकद्वारा गरिनेछ। यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकहरुले बैंकको आधारदरबराबरकै अर्थात् ७ दशमलव ८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्नेछन्।

बन्दाबन्दीको यस विषम परिस्थितिमा पनि नेपाल बैंक लिमिटेडद्वारा सम्भव भएसम्म न्यूनतम कर्मचारीहरुको उपस्थितिमा सुरक्षाका उपायहरु अवलम्बन गरी नगद कारोबार, चेक क्लियरिङलगायतका कारोबारहरु बिहान ११:०० बजेदेखि अपराह्न २:०० बजेसम्म सञ्चालन गर्दै आइरहेको छ।

देशका कतिपय स्थानीय निकाय एवं जिल्ला प्रशासनद्वारा अनुरोध/निर्देशन भई आएमा सोहीबमोजिम शाखाहरु आलोपालोमा सञ्चालन हुँदै आइरहेको र बैंकद्वारा डिजिटल बैंकिङको माध्यमबाट ग्राहकवर्गमा विभिन्न बैंकिङ सेवाहरु निःशुल्क उपलब्ध गराउँदै आएको समेत जनकारी गराइन्छ।

विश्व महामारी कोरोनाको कारणले गत २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले देशव्यापी बन्दाबन्दी लकडाउन गर्दै आइरहेको र सोको कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा मिति २०७७/०१/१६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रहरुबाहेक अन्य सबै कर्जाहरुको २०७६ चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत विन्दुले कम गरी २०७६/७७ को चौथो त्रैमासिक (२०७७ को वैशाख, ज्येष्ठ र असार)को ब्याज गणना गर्न निर्देशन भएबमोजिम यस नेपाल बैंक लिमिटेडद्वारा २०७७ वैशाख १ गतेदेखि लागू हुने गरी २०७६ चैतसम्म लगानी गरिएका कर्जाहरुमा चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशतले विन्दुले छुट दिने निर्णय गरेको बैंकले जानकारी दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .