कारोबार


साल्ट ट्रेडिङ कर्पोरेसनले ३ करोडको बोनस सेयर बाँड्ने

साल्ट ट्रेडिङ कर्पोरेसनले ३ करोडको बोनस सेयर बाँड्ने

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार ११:५६, काठमाडौँ

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट साढे ९ प्रतिशत बोनस सेयर बाँड्ने विशेष प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको छ। 

कम्पनीको सञ्चालक समितिले आगामी जेठ २९ मा बस्ने वार्षिक साधारणसभाबाट ३ करोड ४ लाख ६८ हजार १ सय १० रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव पारित गर्ने निर्णय गरेको हो। 

कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ समेत  ०.५ प्रतिशतका दरले हुने १६ लाख ३ हजार ५ सय ८४ रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ। 

साधारणसभा प्रयोजनार्थ जेठ १३ देखि २९ सम्म सेयर दाखिल खारेज बन्द हुने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad