कारोबार


यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार २१:१९, काठमाडौँ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला विजयी भएका छन्।

पोखरामा यही वैशाख २७ गतेदेखि सुरु भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न मतदानमा सिटौलाले एक हजार ३० मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत प्राप्त गरे। 

यसैगरी, वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल विजयी भएका छन्। उपाध्यक्षहरुमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी भए। सात उपाध्यक्ष पदका लागि १३ जना प्रतिस्पर्धामा उत्रिएका थिए। 

महासंघको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा डेकनाथ गौतम विजयी भए। त्यसैगरी, उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा विजयी भए। सचिवमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित भएका छन्। कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत ल्याएर विजयी भए।

सहकोषाध्यक्षमा शोभाखर पौडेल विजयी भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए। महाधिवेशनबाट कूल ७८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ। 

नवनिर्वाचित अध्यक्ष सिटौलाले नेपालको सार्वजनिक यातायात सुधारका लागि सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए। 
‘यातायात क्षेत्रमा धेरै समस्या छन्, नयाँ सरकार बनेको छ। हामी सरकारसँग मिलेर यस क्षेत्रको सुधारका लागि काम गर्नेछौँ’, उनले भने।

महाधिवेशनमा देशभरबाट सार्वजनिक यातायात सञ्चालन गर्ने समिति, कम्पनी, प्रालि तथा सहकारीका गरी दुई हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad