कारोबार


पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन: सरकार

पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन: सरकार

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १५:५७, काठमाडौँ

पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको सरकारले जनाएको छ। 

मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेशन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थलगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताए। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै राउतले सरकारले बाध्य भएर पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने अवस्था रहेको जिकिर गरे। 

‘कस्तो अवस्था छ भने महंगोमा किन्ने अनि सस्तोमा बिक्री हुँदै जाँदाखेरी यो पहिलोका सञ्चित मुनाफा पनि सकिएको छ। त्यसो भएर सरकारले यो बाध्य भएर यो मूल्यवृद्धिको कदम चाल्नुपरेको छ,’ उनले भने। 

आम उपभोक्ताले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन्। तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी गरे। 

‘पछिल्लो समय सरकार गठन भएपछि नियमित रुपमा मूल्यमा तलमाथि गर्ने काम भएको छ। तर पूर्ण रुपमा स्वचालितमा जाने हो भने यो मूल्य धेरै माथि जाने अवस्था हुन्छ तर सरकारले अलि मूल्य तल नै राखेर काम गरेको छ,’ उनले भने। 

स्वचालित मूल्यमा बिक्री गर्ने भने सरकारले पेट्रोललगायतका इन्धनको बिक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्न जाने उनको भनाइ थियो। सरकारले उपभोक्ता मारमा नपरुन् भनेर नै स्वाचालित मूल्यअनुसार पेट्रोलियम पदार्थको बिक्री नगरेको बताए। 

हाल नेपाल आयल निगमका कर्मचारीलाई बोनस नखाएको बताए। निगम मुनाफामा नभएकाले कर्मचारीले बोनस खाने अवस्था नरहेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad