कारोबार


२४ घण्टामा उपत्यकामा २६४० सवारी चालकमाथि कारबाही, २३ लाख राजस्व संकलन

२४ घण्टामा उपत्यकामा २६४० सवारी चालकमाथि कारबाही, २३ लाख राजस्व संकलन

फाइल फोटो


नेपालखबर
बैशाख १०, २०८३ बिहिबार ७:४९, काठमाडौँ

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई कारबाही गरेर ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २३ लाख २० हजार रुपैयाँ  राजस्व सङ्कलन गरेको छ।

उपत्यकामा पछिल्लो समय बढ्दो सवारी चाप, अव्यवस्थित यातायात र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गर्दा यति धेरै राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो चौबिस घण्टामा उपत्यकाका विभिन्न स्थानहरूमा व्यापक चेकजाँच सञ्चालन गरी कूल दुई हजार ६४० जना चालकलाई कारबाही गरिएको छ।

कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०१ जना, सवारीसाधनको अवस्था ठीक नभएका ३९ जना, रातो बत्ती उल्लङ्घन गर्ने १८० जना, तीव्र गतिमा सवारी चलाउने ८७ जना, लेन मिच्ने २७६ जना, ढोका खुल्ला राखेर सवारी चलाउने ८२ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ५२ जना, यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ५५ जना तथा अन्य विभिन्न कसुरमा एक हजार ७९० जना छन्। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरू बढ्दै गएकाले ट्राफिक प्रहरीले ‘सेफ ड्राइभिङ’ अभियानलाई अझ प्रभावकारी बनाएको छ।

यसअन्तर्गत मुख्य चोक, व्यस्त सडकखण्ड तथा दुर्घटना सम्भावित क्षेत्रहरूमा विशेष निगरानी बढाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad