नेपालस्थित अमेरिकी दूतावासले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक कार्यक्रम सञ्चालन गरेको छ। नेपालमा सूचना प्रविधि (आईटी) उद्योगको विस्तार भइरहँदा सञ्चालित कार्यशालामा स्टार्टअप सहित २० जना उद्यमी सहभागी थिए।
कार्यक्रममा बिजनेस अटोमेसन, डेटा विश्लेषण र सोसल मिडिया सामाग्री उत्पादनलाई प्रभावकारी बनाउन कसरी एआई प्रयोग गर्ने सम्बन्धी तालिम दिइएको थियो।
सहभागीहरुलाई कार्यसम्पादन कसरी स्वचालित बनाउने, उत्पादकत्व बढाउने र प्रतिस्पर्धात्मक एवं विस्तारयोग्य व्यवसाय निर्माण गर्ने रणनीति प्रदान गरिएको दूतावासले जनाएको छ।
‘डिजिटल सीपको विकास र नवप्रर्वतनलाई प्रोत्साहन गर्दै, स्टार्टअपहरुको एआई कार्यशाला अभियानले नेपालमा नयाँ आर्थिक अवसर सिर्जना गरेको छ। नेपाल–अमेरिका सम्बन्धलाई थप बजबुत बनाएको छ’, दूतावासले मंगलबार भनेको छ, ‘अमेरिकाको उत्कृष्ट प्रविधिलाई साझा गर्दा अमेरिकी कम्पनीहरूका लागि नेपालको उदीयमान प्रविधि क्षेत्रसँग जोडिन र लगानी गर्न नयाँ ढोका खुलेको छ।’
Shares

प्रतिक्रिया