कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई साउदी भिसाको आवेदन दिन सकिने जनाएको छ।
त्यसरी दिएको आवेदनपछि सडकमार्गबाट साउदी अरेबिया जान पाउने र त्यहाँबाट नेपालमा फर्किन सकिने सूचना दूतावासले जारी गरेको हो।
‘मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतको वैध रेसिडेन्ट परमिट (कुवेत सिभिल आईडी) भएका कुवेतमा बसोबास गर्ने नेपालीले अनलाइनमार्फत साउदी भिसाको लागि आवेदन दिन सकिने र भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी भिसाको लागि आवेदन दिन सकिने र भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने भएकाले साउदी भिसाका लागि अनलाइनमार्फत आवेदन दिन अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ।

171
Shares

प्रतिक्रिया