कारोबार


पर्यटन गतिविधि अघि बढाउन बोर्डले बनायो सुरक्षा मापदण्ड

पर्यटन गतिविधि अघि बढाउन बोर्डले बनायो सुरक्षा मापदण्ड

नेपालखबर
बैशाख २८, २०७७ आइतबार १०:१७,

नेपाल पर्यटन बोर्डले कोभिड १९ पछि सुरक्षितरुपमा पर्यटन गतिविधि अघि बढाउन सुरक्षा मापदण्ड तयार पारेको छ। बोर्डले हेल्थ हाइजिन एण्ड सेनेटाइजेसन (एचएचएस) प्रोटोकलको अन्तिम मस्यौदामा काम गरिरहेको बताएको छ।

होटल, रेस्टुरेन्ट, ट्रेकिङ एजेन्सी, र्‍याफ्टिङ कम्पनी, पर्यटकीय यातायात लगायत क्षेत्रलाई कोरोनाबाट कसरी सुरक्षित बनाउन सकिन्छ भनेर सुरक्षा मापदण्ड बनाएको हो।

‘पर्यटनसँग सम्बन्धित ६/७ वटा क्षेत्रलाई समेट्न निर्देशिका तयार गरेका हौं’, बोर्डका निर्देशक मनि लामिछानेले भने, ‘निर्देशिका पर्यटन संघ/संस्थाहरुसँग छलफलमै रहेको छ।’

उनका अनुसार बोर्डले मस्यौदा तयार गरी विभिन्न पर्यटकीय संघ/संस्था नाटा, टान, हानलगायतमा पठाएको छ। निर्देशिका अझै फाइनल भइसकेको छैन। केही संस्थाले सुझावसहित फिर्ता दिएका छन् भने केही अझै छलफलमै छन् ।

व्यवसायीहरुको सुझावपछि अन्तिम रुप दिई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिनेछ। मन्त्रालयले पास गरेपछि मात्रै उक्त निर्देशिका लागू हुनेछ।

‘लकडाउन खुलेपछि नेपाल आउने पर्यटकलाई नेपाल सुरक्षित छ भन्नको लागि प्रोटोकल बनाइएको हो’, निर्देशक लामिछानेले भने, ‘बाह्य मात्रै नभई आफू पनि सुरक्षित रहनको लागि सुरक्षा निर्देशिका आवश्यक रहेको छ।’

त्यस्तै एयरलाइन्स कम्पनीहरुले पनि आफ्नो छुट्टै सुरक्षा निर्देशिका बनाएका छन्। बुद्ध एयरले एक हप्ताअघि नै आन्तरिक उडान खुला भए उड्न तयार रहेको भन्दै निर्देशिका सार्वजनिक गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad